मेरो परिचय

नाम मेरो बृजलाल पाठक बुवा प्रेम पति आमा जमुनी देवी ।

जनम भयो डडेल्धुरा जिलोडा गांउमा पालन उनै देखी

नैतिक शिक्षा अन्य शिक्षा सवै पाए पाउनु पर्ने हो जति

उनकै आर्सिवादले जीवन राम्रैभयो क्यै भएन  खती ।।

स्थायी सरकारी नोकरी पनि २०४२ साल देखी पाईयो ।

जीवन राम्रै किसिमले बित्यो सन्तोषले रमाईयो ।।

आजको मिति २०७७/०२/०१ देखि मलाई ५८ बर्षले छोएको छ ।

डडेल्धुरा जिलोडा ५ नं मा जन्म भै गएका दिन सवै हराए जस्तो छ ।।

आफूले सुनेका र पाएका आधारमा कला संस्कृतिका सु-लेख ।

यहांबाट सवैलाई जानकारी गराउन मनमा लाग्यो उदेग ।।

पाए जति आधारवाटै लेखुला भन्ने मनमा सोचेको छु ।

आफ्नै गांउ ठांउका लुकेका कलाहरु मनमा रोजेको छु ।।

क्रमै संग पाएका जति लेखहरु सवै जम्मा गर्ला ।

अन्य कुनै थप जानकारी सवैले सम्झाई दिनु पर्ला  ।।