Categories
Uncategorized

प्राचीन समयको नेपालको डोटेली राष्ट्रीय भाषा

कुन समय देखि प्रचलनमा आएको हो थाहा नभएता पनि आज भन्दा २०० बर्ष अगाडी   बैदिक आर्यभाषामा लेखिएका  भानुभक्तको रामायण र अन्य बिद्धानहरुले लेखेका  महाभारत ,देवी भागवत, कृष्ण चरित्र आदि  पूराणहरु  गद्ध्य  र पद्ध्य दुवै किसिमका लेखहरु  डोटेली भाषामा लेखिएका छन ।  राजा सुरेन्द्र बिक्रम शाहको पाला सम्म डोटेली भाषा नै नेपालदेशको  राष्ट्रीय भाषाको रुपमा चलि आएको देखिन्छ

             नेपालको सुदूर पश्चिम प्रदेशमा बोलिने भाषाको नाताले   यस प्रदेशलाई डोटेली भनेर चिनिन्छ ।  यस प्रदेशका ९ जिल्ला  दार्चुला ,बैंतडी, कैलाली  ,कंचनपुर ,डडेल्धुरा , डोटी ,अछाम ,बझाङ ,बाजुरा जिल्ला सम्म डोटेली भाषा बोलिन्छ ।‍कुनै कुनै  बोलिने शब्दमा अर्थ उही लाग्ने भए पनि उच्चारणमा फरक पर्नाले डोटेली भाषा ओझेलमा पर्न गएको  कारण यही हो  ।   दार्चुला जिल्लाका ब्यक्ती र कालीकोट सम्मका ब्यक्तीहरुले स्वरमा स्वर मिलाएर डेउडामा दोहरी गाउन सक्ने अवस्था भए पनि भाषामा   भने एक रुपता छैन ।  

                 बाईसे चौबिसे राजाहरुको शासनकालमा कर्णाली अंचलको सिजाखोलामा बोलिने  खस भाषालाई अचेलको राष्ट्रीय भाषा नेपाली बनाईएको सर्वबिदितै छ । अचेलका नेपाली बिद्धानहरु नेपाली भाषा माथि मनोमानी ढंङ्गले तरवार प्रहार गरी  सुद्धा सुद्धीको ख्याल नगरी शब्द शब्दहरुको हत्या गरेका छन । के यो भाषा मनोमानी गर्ने थलो रहेछ र बांङ्गो टिङ्गो जे गर्दा पनि हुने रहेछ । उदाहरणको लागि प्राचीन समयमा ‘’ष’’ अक्षरलाई ‘’ख’’ भनेर उच्चारण गरिन्थ्यो  अचेल त्यसलाई ‘’स’’ भनेर अध्यापन गराईन्छ , संस्कृतमा पढदा ‘’ख’’ नै उच्चारण गर्नु पर्ने हुन्छ शब्दहरु पनि धरै परिवर्तन गरिएका छन त्यसको बर्णन गरि साध्य छैन । यस बिषयमा पूराना बिद्धान र अचेलका लोकतान्त्रिक बिद्धानहरुमा द्धन्द चलि रहेको छ ।   यस्तो  प्रकृयाबाट के थाहा पाईयो  भने नेपाली भाषा हल्का ठाढो जे गर्दा पनि हुने र  ठूंला  ठालु व्यक्तीले ठाडो शब्दले आफू भन्दा सानालाई धम्क्याउन सजिलो हुने हुदा सामन्ती बर्गले राष्ट्री भाषा बनाएका हुन जस्तो पनि देखियो  । शुद्धा शुद्धी को वास्ता नगर्दा पनि हुने रहेछ  नत्र नेपाली भाषामा रोपाई गर्ने खेत कसरी बनाए , नेपाली बिद्धानहरुले  खेती गर्दा गर्दा होसै नभएर प्रकृतिको नियमलाई पनि ठाडो चुनौति दिई रहेका छन  १२ महिनाको बर्षलाई ११ महिनामा झार्नको लागि तछाड मछाड भई रहेकै छ । त्यति सम्म हिम्मत गर्ने ठांउ यस भित्र अटने रहेछ । भाषा त ब्याकरणका सूत्रले बांधिएको हुन्छ हलचल गर्ने ठांउ हुदैन ।  शुद्धा शुद्धिको ठाउं नभएको जसरी बोल्दा पनि हुने जहा बंग्याउदा पनि बांगिने हुंदा  अचेलका  बिद्धानहरुलाई खेती गर्न सजिलो भएको रहेछ नेपाली भाषा  ।

         प्राचीन समयको भाषाका शब्द शब्दको उच्चारण गर्ने शैंली को स्वरुप हेर्दा  डडेल्धुरा जिल्लामा मात्र बोलिने डोटेली भाषाका प्रत्येक शब्द शब्दमा एकरुपता देखिन्छ ।

जस्तै  तमरा –तिम्रो
तमआया हो  –तपाई आउनु भयो 
तम जान्या हो — तपाई जानु हुन्छ  
क्याले भयो – कसरी भयो
जान्या हो – जानु हुन्छ
खाना खाया हो – खाना खानु भयो

यस्ता शब्दहरुको प्रयोग केबल डडेल्धुरा जिल्लामा मात्र प्रयोग हुन्छन । डोटेली भाषालाई सू.प.का  जिल्लाहरुको भाषा भनिए पनि अन्य जिल्लामा फरक फरक शब्दहरु प्रयोग हुने भएकाले मेल खादैन । प्राचीन समयको  डडेल्धुरा जिल्लाको भाषा संङ्ग मेल खाने राष्ट्रीय आर्य भाषा डडेल्धुरा जिल्लाको डोटेली भाषा नै रहेछ भन्नमा कुनै फरक पर्दैन तर यस बिषयमा अनुसंन्धान गरि दिने कसले ।

डोटेली भाषा उच्चारण गर्दा  बिचार गरौं तम जान्या हो भनेर बोल्दा कति नम्र भएर बिस्तारै लामो गरेर बोलिन्छ

यसैलाई नेपाली शब्दमा बोल्दा तिमी जान्छौ लामो गरेर उच्चारण नै हुंदैन । भाषाले मानबमा धेरै प्रभाब पारेको हुन्छ । आफ्नै  नेपाली भाषामा चलेका  फिल्महरु जतिसुकै चाख लाग्दा कथा कहानीका भए पनि हामी  हिन्दी फिल्महरु हेर्न रुचाउछौं नेपाली फिल्म हेर्न  रुचाउंदैनौ कारण भाषाको प्रभाब पहिलो हो । हामी आफैलाई त दोष दिन्थे तर के गर्नु साना साना केटाकेटीहरुलाई के भनेर दोष दिनु उनीहरु के जान्दछन   ठाडै जवाफ दिन्छन नेपाली फिल्म पनि के हेर्ने हिन्दीमा कस्तो मजा आउंछ । हुन पनि नेपाली कलाकारहरुले  प्रयोग गरेका शब्दहरु छोटो ठाडो स्वाभाव मात्र देखिन्छ नम्रता र ईस्तरीय नहुनु भाषाको प्रभावले हो  पात्रहरुको  गल्ती छैन । यसको जवाफ के दिने  , यो भन्दा त डोटेली भाषा राष्ट्रीय भाषा भै दिएको भए  पक्का नै हिन्दी भाषा मेची ,महाकाली तरेर नेपालतिर आउने  ठांउ नै पाउंदैन थियो होला । ठूलो नदी भित्र खोला घुस्ने हिम्मत हुदैन । डोटेली भाषामा कति मिठास छ कति गहिराई छ स्वतः नम्रता दर्शाउछ । भानुभक्तको रामायणका श्लोक डोटेली भाषामै लेखिएको सबैलाई थाहा भएकै हुनु पर्दछ  । डोटेली भाषाको ईतिहास हेरौं पढौं मनन् गरौं पूर्वजहरुको जयजय कार गरौं । पूराना ईतिहांस अध्ययन गरेर डोटेली भाषाको सम्मान गर्न सिकौ ।

डडेल्धुरा जिल्लामा बोलिने डोटेली भाषा र प्राचीन नेपाली  राष्ट्रीय डोटेली भाषाको स्वरुप अध्ययन गरौं  

डडेल्धुरा जिल्लामा बोलिने डोटेली भाषामा एउटा बीर पुरुषको वास्तविक  कहानी कथाका रुपमा लेखिएको अंसः– यस लेखबाट प्राचीन डोटेली भाषाका शब्दहरु र डडेल्धुरा जिल्लमा बोलिने भाषाका शब्दहरु कति मेल खान्छन पाठक बर्गहरुले बिचार पुर्याउनु हुनेछ भन्ने बिश्वास लिएको छु र वास्तविक रुपले शत प्रतिशत शब्दहरु मेल खान्छन यसमा कुनै सन्देह छैन ।

डोटेली भाषामाः– डडेल्धुरा जिल्लाका सदरमूकाम जान्या  बटा है  लगभग ३० -३२ कि.मि. दक्षिण पश्चिमका ठांउ मि पडन्छ कठायत जातका बस्न्या मानिसको  गुजल्लेक गांउ , तै गांउमि रहन्थ्या एक जना पहलमान उदा कठायत , उनरा सात जना भाई थिया ,उनिहरुको नाउ थ्यो  सूलसकति ,अडुवा ,भडुवा आदि काम नलाग्न्या नाउका थियो । खाना खान्या मात्रै अल्छी बर्ताई थिया काम  केई पनि नगर्न्या जो काम गर्न भण्याको हो   उसै काम मात्तर अद्या   एक ठांउमि बस्या पछा नउठ्न्या एक नालिका खान्या गल हालिका उठाउनु पड्या  ईथ भण्या उथ जान्या भण्याको नजाण्या  तसि हालतका थ्या सबैं भाई । जेठा दाजु ( दाई  )उदाकठायत भैंसा  चराउनाका  लागि सबै भैंसा लैजाईबर महाभारतका लेक कौवान भण्या ठांउ मि गोठ बनाईबर बस्याकाथ्या । उदा कठायत बर्ताई पहलमान थ्या उनरा पाला मि कुमाउ गढवाल सम्म नेपाली राजाको शासन चल्याकोहुनाले कुमाउ गढवाल सम्म उदा कठायतको नाउ पुग्या थ्यो । कुमाउं क्षेत्र मि लगै एक पहलमा थियो उसको नाम थियो छापला पिउरा , डोटीको पहलमान उदा कठायत लगै स्वराडको पहलमान छापला पिउरा तिन दुई जना पहलमान को नाउ बहुत चल्या हुनाले दुई जनाको कुस्ती अराउन्या दुयै क्षेत्रको सल्लाह भया हुनाले उदा कठायतलाई बोलाउन मान्स पठाईया । उदा कठायत भैसा लैजाईवर लेक बस्याका हुनाले उनलाई बोलाउनाका लागि उनका सात जना भाई लेक गया । भाई आयाका धेकिबर उदा कठायतले सोधपूछ अर्यो ञां आउन्या तमरो क्या काम पड्यो रे क्याको लागि  ञां आया का हो । भाईहरु भण्ण लाग्या कुमाउं स्वराडको पहलमान छापला पिउरा संङ तमरो कुस्ती गर्न्या काम पड्याको हुनाले तमलाई बोलाउन आयाका हूं भण्या खबर पाया पछा उदा कठायत आफना पाल्याका  भैंसा संङ भेट अद्द गया रे भैसा का गलामा आङोलो हालिबर लामा स्वरमी गाईबर ( गाएर )भण्णाहानः-

 थोरा बाच्छा संङ्ग लिएई मेरी तारु भैसी ब थोरा बाच्छा संङ्ग लिएई
गैली ताल पानी पिएई मेरी तारु भैंसी ब गैली ताल पानी पिएई

लामो स्वर मिलाएर गांउदाः

साईब हो रणै जति जिति आंउ -लो -त भैंसी आमा चांदी पैराउलो हो तेरा सिङ
साईब हो रणै जति जिति आउं-लो-त भैंसी आमा चांदी पैराउंलो हो तेरा खूर
साईब हो रणै जति हारी जाउं लो त भैंसी आमा ईत्ती होईगै भीट
गई पाज जन लागेई मेरा कौड्या राङा ब गई पाज जन लागेई
साईब आई पाज जन छाडेई मेरा कौड्या राङा ब आई पाज जन छाडेई  

ईसेरी आफना भैंसालाई भेट अरिबर आया रे आफना भाई संङ भण्णाहान  हिट घर तिर जानउ भणि  सबै भैंसा लेक छाडि घर आया । गांउका नजिक पुगन्या बेला पानी भर्नाका लागि उदा कठायतकी २ जानि  स्वानी नाउला मी  तामाका फोला लेईबर पानी भद्दा रयेकि हुन्छिन । आफ्ना बैकान ( लोग्ने  ) लाई पछेणिबर ( चिनेर ) जिस्किबर नचिन्या जसोअरिबर भणन्छिन  ,यो ईतनो दाडि जुङा पाल्याको भूत जसो ञां काहै आयो ,उथ जा भण्याको सुणिबर उदा लगै आफनी स्वानीलाई पछ्यांणिबर जिस्किन्छ रे तम उत्ताउली कैकी स्वानी हो, ञां कहां है आएई हो , मलाई त तीस लागि रैछ रे पानी खान दि हाल भणी पानीका फोला गलाईनि लाईबर फोलाको पानी सबै खाई दिया पछा तमरा फोला लैजा भणि फोला मुठिमणी  च्यापिबर पाता बनाई दियो । तब स्वानी गाली अरन्छिन  ए  कै राणिले पाल्याका  भूत ,  कै को है त हामरा उदा कठायताका फेला पडलै त तेरा उनाका भांटा उबा उबाका भांटा उना बनाई देलो होस अरेई हामरा फोला जसाका तसा बना भण्या बखत मै त सबै फोला नङले पटापट हाण्यो रे जसाका तसा बनाई दियो । उदा कठायत घर पुग्न्या बखत मै आफ्ना बुवालाई ढोग दिन्याबेला बुवाले भण्यो कि ए ? उदा त मेरो चेला पहिला मसङ मल्ल युद्धमा जित तब तेरी ढोग कि आर्सिबाद दिउंलो युद्धमी नजित्या पछा हाम बुवा छोरा नई लौ आ युद्ध अर भण्या पछा दुयै बावु छोरा युद्ध अद्दपस्या मल्ल युद्धमी बुवालाई छोराले जित्या पछा बुवाले आर्सिवाद दियो स्यावास छोरा आब त छापला पिउरालाई पक्का लडाई मी जित्या है मेरो आर्सिबाद भयो ।

कुमाउं क्षेत्रका राजा रे जनता सबै मल्ल युद्ध हेद्दाका लागि मेला लाग्या हुन्छ उदाकठायत लगै छापला पिउरा लगै दुयैको घमासान मल्ल युद्ध चल्या हुन्छ सबे रमिता हेर्याका हुनाहान लडाई हुना हुना उदा कठायतले छापला पिउरालाई तडफाई तडफाई हैरान पड्याको हुन्छ बाहिरबाट छापला पिउराका दोस्तले चोरीबर तरवार दियापछा छापला पिउराले  पछाडिबटाहै उदा कठायताले चाल नपाउन्या अरिबर दुयै खुट्टा काटि दियो । आब उदा कठायत उठि नसकन्या भयो रे भण्ण पसन्छ हेर छापला यस लडाई मि तैले मलाई जितिहालि तेरोई जीत भयो अब तेरा राजालाई के देखाउन्या है आब तोलाई म क्या गर्न सक्छु जीत तेरो भयो ञाआस मेरा कानका सूनका मुदडा लैजा तेरा राजालाई जित्याको जिताउडी देखालै डर जनमाणै ले लैजा भणिबर बिश्वास देखाईबर छापला पिउरालाई बोलायो रे आफना कोखिमणी चेपिबर छापला पिउरालाई  मारि दियो । आफूंले लै दन्तजीव खाईबर उदाकठायतले प्राण त्याग्याको सत्य तथ्य पूरानो ईतिहास हुडकेली गाईने कथा लेखिया हो । यै कथाका आधार मी डडेल्धुरा जिल्लामी बोलिन्या डोटेली भाषा लै पूरानो नेपाली राष्ट्रीय भाषामी कतिको मेल खान्छ सवै पाठक बर्गले  कति बिचार पुर्याउन्या हुन जाणिजालो ।

आज भन्दा २०० बर्ष पहिला आदिकवी भानुभक्तले लेख्नु भएको  डोटेली भाषा स्वरुपको रामाणको अंस  बिचार गरौः-

 ( ब्रह्मा मानस पुत्र नारद मुनी  पैल्हा जनमका थिया
फेरी दक्षप्रजेशका सुत ईनी दोश्रा जनमका भया
दासी पुत्र भया महर्षिहरुका तेश्रा जनमका जब
सप्तर्षी उपदेशले ईनि भया ब्रह्मर्षी प्रख्यात तब )
एक दिन नारद सत्यलोक पुगिगया लोकको गरुं हित भनी
 ब्रह्मा  तांहि   थिया  प-या   चरणमा  खुशी    गराया   पनि
क्या सोध्छौ तिमि सोध भन्छु म भनी मर्जी भएथ्यो जसै
ब्रह्माको करुणा बुझेर ऋषिले बिन्ती ग-या यो तसै
हे ब्रह्मन ? जति हुन शुभाशुभ सबै सूनी रह्याछु  कछू
बांकी छैन तथापि सुन्न अहिले ईच्छा म यो गर्दछु
आउला जब यो कली बखतमा प्राणी दुराचार भई
गर्न्याछन सब पाप अनेक तरहका नीचका मतीमा गई
सांचो बात गरैन कोही अरुकै गर्नन ति निन्दा पनि
अर्काको धन खानलाई अभिलाष गर्नन असल हो भनी
कोहो जन त परस्रीमा रत हुनन कोही त हिंसा महा
देहैलाई त आत्म जानी रहनन नास्तिक पशु झैं यहां
कामका चाकर झैं भएर रहनन् स्त्रीलाई द्यौता सरी
मान्नन् पितृ र मातृलाई बुझि खूब शत्रू सरीका गरी
ब्राह्मण भैकन कर्म छोडी रहनन् मनमा घमण्डै गरी
हेप्लान अरुहरुलाई मनमन महां गर्जेर सिंहै सरी
जाती धर्म रहैन क्षत्रिहरुमा जो छन यी मानवहरु
ब्राह्मण बाहिक तपस्वी होई रहनन ब्राह्मण सरीका बरु
स्त्री धेर भ्रष्ट हुनन पती र सशुरा  को  द्रोह ठूलो गरी
यसता दुष्ट कसोरि मुक्त त हुनन्  संसार सागर तरी
यो चिन्ता  मनमा  भयो  र अहिले  सोधूं   उपायै  भनी
आयाको छु दया निधान ? कसरी तर्नन सहज ती पनि 
यसतालाइ उपाय तर्न सजिलो कुन हो उ आज्ञा गरी
मेरो चित्त बुझाइ बक्सनुहवस् क्याले इ  जान्छन तरी
नारदले दुनिञा उपर गरि दया बिन्ती ग-याको यो जसै
ब्रह्माजी  पनि  खूब्  प्रसन्न  हुनभै  मर्जी  भयो  यो तसै
हे नारद ? सब पाप हर्न कन ता  रामायणैका  सरी
अर्को मुख्य उपाय छैन सवको हित यै छ अमृत सरी
शम्मुदेखि सुनेर तत्व सब यो गान्  पार्वती  गर्दथिन
रामको नाम अपार जानि बहुतै  आनन्दमा पर्दथिन
जस्ले गानकन गर्दछन ति त सहज  संसार  पार तर्दछन
कालैको पनि ताप हुदैन भय ताप तिनका सहज छुटद्छन

       शव्दको अन्त्यमा या  , हुन, हो, थियो, रैंछ , होब , ईत्यादि प्रयोग हुने शव्दहरु डोटेली भाषाका आधार हुन जस्तै-  भयाको थियो , खायाका थिया  ,जान्या हुन , बोल्या हुन , पुग्या हुन ,  गया होब , क्याले भया हो   ईत्यादि । माथि उल्लेखित श्लोहरुमा  यिनै शव्दहरु प्रयोय गरिएका छन । देवनागरिक भाषा लिपी अनुसार पहिलो भाषा संस्कृतबाट डोटेली भाषाको प्रादुर्भाव भएको हो । परम्परा देखि   आर्यहरुले बोलिने बैदिक भाषाका रामायण  ,माहाभारत  ,कृष्ण चरित्र,  देवी भागवत जति पनि गद्य र पद्य शैलीमा लेखिएका लेखहरु डोटेली भाषामा नै लेखिएका छन । लिच्छबिकाल , मल्लकाल ,शाह राज्यकालको पृथ्वीबीर बिक्रमशाहको शासनकाल सम्म डोटेली भाषा नै नेपालमा राष्ट्रीय भाषाको रुपमा प्रचलित थियो ।

कवि भानुभक्त आचार्य को जन्म ( वि सं.  १८७१  ) भन्दा पनि पहिलाको नेपाली राष्ट्र भाषा

दामोदर पांडेको जालमा परी राजा रण बहादुर शाह स्वामी निर्वाणानन्दको नामले काशीमा गई बसे त्याहांवाट बनारस पुगेका समयमा  उनका साथमा माहारानीका अतिरिक्त भीमसेन थापा र दलभंन्जन पांडे पनि गएका थिए  । यता दामोदर पांडेले अर्कै रोल खेली अग्रेजहरु संङ्ग व्यापर सन्धी गरेर काशीमा बसेका रण बहादुर शाहलाई बन्दी गराउन लगाए । यसरी दामोदर पांडेको जालबाट बन्दी भएकोले आफ्ना राजनैतिक सल्लाकार भीमसेन थापाको सल्लाह बमोजिम जेलबाटै भाई शेर बहादुर शाहलाई आफ्नो कैद खोल्नको लागि अंग्रेजहरुलाई पत्र लेखि दिन अपील गरेको डोटेली भाषा र संस्कृतमा सम्वोधन को पत्र  यस्तो छ ।

श्री दुर्गा सहाय

श्री ईष्ट देवता बिश्वश्वेर पशुपति गुह्येश्वरी

स्वस्ती श्री समस्तयोग कला कोबिद योगीन्द्रगण चिन्तनीय सच्चदानंद स्वरुप परिपूरण परब्रह्मानु चिन्तन तदेकताधिक गमै कलालस सांसांरिक सकल विषयाभिलाष विनिर्मुक्त मासेत्यादि विविध लोकोत्तर गुणग्रामाभिराम श्री माहा निवार्वाणानन्द  स्वामीनां सत्कर्म शालीनाम् ।

  स्वस्ति श्री गिरिराज्येत्यादि श्री मन्महाराजाधिराज कुमार श्री शेरबहादुर शाहके आशीष यहां कुशल ताहां कुशल क्षेम चाहिये पूर्वक पत्रमिद उप्रांत बहुत जाई  तेरो सविस्तार पत्र आयो बहुतै खशी भया सर्ववातले तंमाती खुशी छु । सवदरभाईको गर्नु गरिस मैले पनि तंलाई सवदरभाई ठहरायाको छु जस प्रकारले ११ को रजाई थीर हुन्या देशका आयाका मानिस ठहर नआउन्या मेरो कैयद खुलन्या तहीवाट तिमिहरुले ग-या हुन्याछ  त्यो काम गरि मलाई झिकाउन्या काम गर म यहां वस्ता मान्छेले चरपाई खेल बढाउछन निजलाई झिक कि कयेद खोली तिर्थ जानदेउ २ मा १ कुरा गरिनौ भन्या मैले प्राण छोडन आट्याकोछ विग्रन्या भन्या १६ को र तेरो विग्रन्या छ कदाचित हजुरआई मलाई केहिगरौला भनी जानलास त तेरो जियाधनमा देखुंता १८ को कुदृष्टी ब्राह्मणको लोहुषानु हजार गाई मा-याको हत्या । अर्तिबुद्धि पहिलेका चिठ्ठीले मालुम होला केही वस्तु पुग्याको थिएन अहिले पठाई दिञ्यू भन्दा षर्चका तंगिले पुगि आएन पछि पठाई दिञ्यूला पत्रको उत्तरा चांडो पठाई दे कि बहुना मिति बैशाक शुदि ४ रोज ४ मुकाम वनारस शुभम्  

      अग्रेजहरुले नेपाललाई कब्जा गर्ने रणनिती बनाई रहेको  समयमा तत्कालीन नेपालका प्रधान मन्त्री  भीमसेन थापले सवै जिल्लामा फौज नेपाली सेनालाई बस्नको लागि व्यारेको व्यस्था साथै फौजको लागि खाने व्यवस्थाको लागि नजिक आसपासमा व्यापारीहरुलाई डाकी पसलहरु खोल्न दिने प्रवन्ध गरेको सम्वत १८८२ को यस सम्वन्धीको लालमोहर यस प्रकार रहेको छ । साथै यस्ता  बिभिन्न लेख रचना र तमसूक हरु जानकारी गरि हालौं  

                                ‘आगे कर्नेल मातवरसिंह थापाप्रति  छाउनीमा रह्याका जंगी लस्करलाई साग वेसार दिन निमित्त तैंले वन्दोवस्त गरि झिकायाका कोठिवाल महाजन पसल्या वेपारी नेवार गैह्र छाउनीमा घर बनाई निज गरि वसि वेपार गर्न्याहरुलाई झारा बेठ बेगार माफ गरि बक्स्यौं । झरा बेठ बेगार नगर्नु भनि नामनमेसिको दस्षत तैले गरिदिनु  पछि छाउनीमा सजायेन यहां बसी वेपार गर्न सक्तैंनौ जान्छौ भनि जो भन्ला जानु दिनु तेरो दस्षत झिकिलिनु बेठ बेगार गर्नन ईति सम्वत १८८२ रोज शुभम् ‘’

राजा गिर्वाणयुद्धविक्रम शाहवाट भीमसेन थापालाई  दिएको मुख्तियारी लालमोहर यस प्रकार छ ।

 श्री दुर्गा सहायः-

     स्वस्तीश्रीगिरिराजचक्रचूडामणिनरनारायणेत्यादि  ……………………………………………………………………

प्रथम सवालः- घा घस्यास कटकमा चाहिन्या काम कुरो बेला बषत अन्सार हाम्रो बन्न्या सप्रन्या हेरि ठह-  
याई साधनु पर्न्या कुरा हाम्रा हजुरमा बिन्ति गरि आटन्या कुरा आंटी ढुंगा थामन्या बढन्या सप्रन्या काम गर्नु

दोश्रा सवालः- गुरु प्रोहित चौतारा काजी जर्नेल कप्तान सवार सुब्बा सुवेदार गैरह पगरि छोटा बडा सबै मानिसले तम्रा चांजा सूरमा चली काम गर्नु …………

तेस्रो सवालः- कपु पल्टन कंपनि गैरह षान्या तैनाथि रहन्याले तम्रा उर्दि चांजा सल्लाहमा चल्नु जो चल्दैन तस्को तागिरि गरी सूरमा चल्न्याको बहालि गर्न्या काम गर्नु हुकुम बक्स्याको छ…………………

चौथो सवालः- घा कटक गौडा घुडाको कामकाजमा ढुंगाको सोझो हेरी तत्पर भै कामकाज गर्न्या र नगर्न्याको तजविजगरि काज र मानिस अन्सार षान दिन्या दिलाउन्या काम लाउन्या काम गर्नु ………..

पांचौ सवालः- हाम्रा काज काममा तम्रा चांजा सूरमा चलन्या न चलन्या ठहराई सूर चांजामा नचलन्यालाई तागिरिगर्नाको तागिरि गरी सासन गर्न्याको कुरा तिमिले विन्ति गर्याको मन्जूर छ । सासना गर्न्या गराउन्या

काम गर्न हुकुम बक्स्याको छ………………………………………………….।

जनरल भीमसेन थापाका समकालीन कवि पंण्डीत यदुनाथ प्रोख्रेलले मुख्तीयार उनको फौजी प्रवन्ध राम्रो भएको ठानी लेखेको सुन्दर कविताः-

कम्पूका नकसा अनेक तरहकी बात्साही बाजा जहां
तेसमा बेस कलाटकी अति अलाप रागकी त नक्सा तहां
ट्रिङगुलकी रचना बिगुलकि त घना तामरिङ शवद दूरकी
सायिन –यालिकि नाप तंवाक विजुली सुन्दा चमक सूरकी
झ्यामटा भेरि त मोर् त बांसुरि पनि वेस् वेस् तरकी गती
तासा ढाक तुरही अघि समयकी नाना त वाना कती
जर्णेल साहव भीमसेन जनको नकसा बन्याकी जती
को भनला मनलाई नाम सबको कस्तो छ यस्तो मती

खरीदार मेजर कल हात राषी
              कमरमा सला षर बही चापि काषी

यती गैर हाजीर भनी बिन्ति लाब
               उनैले त सिष चेन अदलमा जाब

बजी भेरी देरा नगर्नु कसैले
                निसान साथ जानू तिलंगा रसैले

टुडिखेल त हाजिर भई नाउ लेख
               विमारी जति छन घरै जाई देख

राजा सुरेन्द्र बीरबिक्रम शाहबाट बि सं. १८८३ मा अदालत हाकिम ( प्रधान न्यायाधीस ) दलभन्जन पाण्डेका नाउमा न्याय इन्साफ गर्नकोलागि दिएको लालमोहरः

प्रथम सवालः– हाम्रा भर मुलुकका श्रीगुरु प्रोहित चौतारा काजी सर्दार सुब्बा अदालत दफतरषानाका श्रीकुमारीचोक सुवेदार ज्मदार अमाली ईजारादार रकमी सिपाही गैरहले थिचो मिचो गरि अन्या गर्या निसा

फ पायुन भनी कराउन आउन्या चारवर्ण छत्तिसैजात छोडा बडा गरीवगुरुवा जो फि-याद गर्न आउंछन जसको नाउंमा फिराद गर्न आउंछन तसलाई झिकि तिनकीकुरो जस्तोको तस्तो निसाफ छिन्नु आफुले आटनु नसक्याको कुरा हाम्रा हजुरमा विन्ति गरि हुकुमवक्स्या बमोजिम गर्नु ।

दोस्रा सवालः– फिर्यादिका दोहोरोकुरा सुनी आफ्ना चित्तले ठहराउन नसक्याका कुरामा श्री जनरलिसत वसी ठहराई सोकुरा हाम्राहजुरमा विन्ति पारी हुकुम बक्स्याबमोजिम गर्नु ।

तेस्रा सवालः– फिरादीका कुरा सुनी निसाफ गर्दा छोडा बडा जसको बेजाञिले फेराद आयाको छ तसलाई झिकिपुर्पेक्ष सुनी ज्याकुरो बेजाञि ग-याको ठहर्छ सोकुरा दिलाई दिनु तेरा भन्दा नमानी धेगाई गर्न्यालाई

हाम्रा हजुरमा विन्ति पारी हुकुम बक्स्याबमोजिम गर्नु ।

चौथा सवालः– अंत अधार केहि नहुन्या दर्वारैवाट बक्स्याको जगा दर्व्यले बाचन्याबक्स्याको जगा दर्व्य व्यहोरन नपाई षाना लाउन्याविनु मर्न लागन्याको कुरा हाम्रा हजुरमा विन्तिपारी मुनासिवमाफिक हामीले बक्स्याबमोजिम गर्नु ।

पांचौ सवालः– चारै षुटका गरीवगुरुवा फकीडफकडा राहदारी नषाई अटकेर कराउन्याहरुको कुरा सुनी उसवाट  कोनै कुराको विगार नठहर्न्या देष्या जौनादिसा जान्या भंन्छ तसतसै दिसाको राहदारी गर्न्या भारादारछेउ पठाई राहदारी गरी पठाई दिनु ।

छैटौं सवालः-फि-या आउन्यार छिचरो भाग जो छयलिरहेछ अघि निका मानिसको नालीस गरी पुर्पछे गर्दा पोल्हाठह-यो भन्या सो कुरा हाम्रा हजुरमा जाहेर गर्नु

सातौ सावालः-फिरादुका कुरा सुन्दा विडि हाल्या भन्या विडि कर्पन समाती पानी कराही नपुगी छन्यारहेछ भन्या झगरियाको कायलनामा ली चारदाम रष्याई डंड जितावरी गरी छिनु झगरियाले भाकनु भकाभकाउनामाराजि छौ भन्या भकाई दिनु पानी कराही नदिई झगरा छिन्यारहेनछ भन्या आफ्ना मानिस साथ अदालत पु-याई दिनु ।

पश्चिम अछाम राज्यमा रहेको अव्यवस्थित स्थितिलाई हटाई त्याहा राम्रो प्रवन्ध स्थापना गर्न भीमसेन थापाले कदम उठाए । त्यसको लालमोहरको नक्कल यस प्रकार छ ।

   तपसिलः-

भरअछामका छूत अछूत कमारा कमारीलाई अघिदेषि नलाग्याको सेर्मा साउन्या फागु गैह् रकम माफ गरि बक्स्यौं

भरअछामका दमाईलाई अघि सेर्मा लाग्दो रहेछ अरु मुलुकमा सेर्मालाग्दो रहेनछ ७८ सालको जांचकिले छाडिदियाको फेरी ७९ सालमा सेर्मा लागेछ अरु मुलुका सरह बमोजिम सेर्मा माफ गरि बक्स्यौं

भरअछाममा जागिरगर्न्या जागिरदारले आफ्ना जागिरका धान मोहीका घर भकारीमा छंदाछदै रुपैञा दिनु पर्छ भनि मोहीलाई सकस नगर्नु आफ्नाधान अरु गाहाकिलाई बेची रुपैञा उठाई लैजानु जसले धान भकारी छंदै मोहीलाई  सकसगर्ला तसलाइ भारी डंण्ड सासन होला ——–

जागिरका धानबोकि मुहुडा पु-र्याउन टल्सी धानचावल नबोक्नु कसैले मुजुरी दिया आफ्ना षुसीराजीले बोक्नु मुजुरीनदी जर्बरजस्ती गरी जो धानचावल बोकावला तसलाई भारी डंड सासना होला

अमालि भैजान्यालाइ अघीदेषि दूद्खान भनी गाई नदिनु जो अमालीले दूदषान भनी लैजाला जो प्रजा देला तेसलाई दंण्ड सासना होला —

भरअछामका प्रजाहरुले हाम्रा हजुरमा मुह्डा जान्या जंगीषर्षजाना र घाईता हाम्रा हजुरमा आउन्याभारी बाहेक अरु गुरु प्रोहित चौतरिया काजि सर्दार सुब्बा सुवेदार जमादार जागिरदार अमाली गैरह कसैका भारी नबोक्नु आफ्ना षुसीराजिले मुजुराली बोक्नु भन्या बन्देज बांधी बक्स्यौं जबरजस्ती गरी जो भारी बोकावला जस अमालीले ज्याला वापतका रुपैञा लेला तसका जीयधनमापर्ला ईति संम्वत १८८७ चैत्र सुदि ५

       माथि उल्लेखित पूरानो नेपाली राष्ट्रिय भाषामा लेखिएका सरकारी दस्तावेज को एक चिनारी प्रस्तुत गरियो । यसै भाषासंङ्ग जस्ताको तस्तै शब्दहरुको प्रयोगभई डडेल्धुरा जिल्ला बोलिने भाषामा कविता प्रस्तुत गरिएको छ ।