Categories
Uncategorized

मेरो डडेल्धुरा जिल्ला को पूराना बिशेषता

सुदूरपश्चिम विकास क्षेत्रको  पहाडी डडेल्धुरा जिल्ला ,यस जिल्लाको पूर्वमा डोटी जिल्ला उत्तरमा बैतडी जिल्ला दक्षिणमा कंचनपुर जिल्ला र पश्चिममा भारतको उत्तराखण्ड संग जोडिएको छ । समसितोष्ण हावापानी बिभिन्न छहरा खोला नाला र नदीहारु  धेरै उचा पहाड नभएको घना जंगल हरियालीले शोभायमान मेरो बिचारमा प्रकृतिले सजाएको   प्राकृतिकुञ्ज यस जिल्लाको दोश्रो नाम हो । यस जिल्लाको नयां बिकास र कला आदि सवैलाई जानकारी भई रहेकै सन्दर्भमा पूराना कला र बिशेषताहरु हराउंदै गईरहेको सम्झेर एकदेशको कथा जस्तै याद दिलाउने बिचारले केही मौलिकता थप्ने बिचार लागेको मात्र हो ।

कवि बाल्मिकीले रचना गरेको श्लोकः- ‘’सकल पादारथ ये जग माही , करमहीन नर पावत नाही । ‘’ लेखे जस्तै यस जिल्लामा नपाईने कुनैं प्राकृतिक वस्तु छैन बिभिन्न प्रकारका बनौषधी यहां छन भने खनीज पदार्थहरु पनि त्यत्तिकै मात्रामा भए पनि त्यो सरकारको अधिकार भित्र पर्दछ । तर बनौषधीहरु त सवैले उपभोग गर्न पाईन्थ्यो के गर्नु  ‘’करमहीन नर पावत नाही’’ भने जस्तै सवैले थाहा पाउदैनन । डडेल्धुरा जिल्ला बाहेकका अन्य जिल्लाहरु देख्दा अग्लाअग्ला नाङ्गा पहाड बृक्षारोपण गर्दा पनि बिरुवा नबांच्ने सुख्खा चट्टान पानीका मूल नभएर पहाडको छेउछेउमा मात्र मानववस्थी रहनु पर्ने वाध्यता छ । स्थानीय तहका सरकार व्यवस्था अनुसार हाल अमरगढी न.पा. र पर्शुराम न.पा. गरी २ वटा नगरपालिका र वांकी गांउपालिका सरकार रहेका छन । पर्यटकीय क्षेत्रस्थलमा माता उग्रतारा देवी भगवतीको मन्दीर , घटाल देवताको देवस्थल  , भागेश्वर देवता , गन्यापधुरा  [भाट भटेनी ] देवता, पूरानो अजयमेरुकोट राजदरवार ,   अमर सिंह थापाले आफ्नो गुम्न लागेको कुमाउ गडवाल  क्षेत्र संरक्षण गर्न ब्रिटिस राज्य संङ्ग युद्ध गर्नु पर्ने अवस्था भएकोले  बि.सं. १८४२ को आसपास मा निर्माण गर्न लगाएको हालको अमरगढी किल्ला  र परशुराम क्षेत्र जोगपुढा प्रमुख पर्यटक क्षेत्र हुन  ।  यस जिल्लाले जन्माएका सपूत भीमदत्त पन्त ‘’बाघको डमरु’’  ,पहिलो महिला मन्त्री द्धारिका देवी ठगुरानी , कांग्रस नेता शेर बहादुर देउवा  यस जिल्लाका प्रमुख व्यक्तित्व हुन । यिनै व्यक्तित्वहरुको नामले जिल्लाको शिर ठाडो भएको छ । शेर बहादुर देउवाको शासनकालमा डडेल्धुरा जिल्लाले बिकासको गतिमा धेरै अगाडी बढेको छ । खानेपानी , सडक , बत्ती सवै गांउ ठांउमा पुगेको छ । बांकी रहेका अधुरा बिकासका कामहरु बर्तमान एमालेको सरकारका कार्यकर्ताहरुवाट पनि तिव्रगतिमा काम भई रहेका छन ।

डडेल्धुरा जिल्लाको प्राकृतिक सौन्दर्य र बन्यजन्तु संरक्षण आवश्यक छः*-   प्रकृति शोभायमान रहेको क्षेत्रमा सवै प्राणीहरु आनन्दले रमाउछन  , प्रकृतिका गहना पनि हुन  डडेल्धुरा बर्तमान अवस्थाको प्रकृतिककुञ्ज होईन परापूर्व काल देखि नै प्राकृतिककुञ्ज रहेछ भन्ने प्रमाण बागबजार नजिकैको ऋषिखोला नामको जंङ्गले प्रमाणित गर्दछ । जहां ऋषिहरुको तपोभुमी रहेको थियो , बन्यजन्तूहरु ऋषिहरुका कुटीमा नै आनन्द साथ बसोबास गर्दथे ।  बर्तमान अवस्थामा  मानवले सोच्दछन, हामीलाई  बिभिन्न किसमका बन्य जन्तूहरुले ‍दुःख दिएको अनुभव गर्दछ । परम्परा देखि कै चलन  हो  भनि थाहा पाउंदा पाउंदै पनि मानवले म मात्र प्रकृतिको मालिक हुं ,  मेरो खेतवारी नष्ट भयो  ,मेरो नोक्सान भयो  भनि ठानेर  बन्यजन्तुहरुलाई मार्ने काम गरि रहन्छन । कसैको अन्न वाली होस या घांस होस , उसको खाने काम हो उस्ले खान्छ , आगोले जुनसुकै वस्तु  पोल्छ , किरा फट्याङ्ग्रालाई जति माया गरे पनि टोक्ने काम हो टोक्छन ।  जान्दा जान्दै पनि निर्दोषिलाई मार्नू  मानवको लागि शोभनीय काम होईन । यस सन्दर्भमा जे सुकै होस  यो समस्याले मानव बस्तीमा ठूलै क्षति पुगेको भएता पनि  पृथ्वी एउटा मानव जातीको मात्र सुख सयल गर्ने थलो नभै पृथ्वीमा सवै प्राणीहरुको साझा अधिकार क्षेत्र भएकोले मानवहरुले अन्य प्राणीहरुलाई दुःख नदिई आफ्नो शुरक्षा आफै गर्नु पर्ने देखिन्छ । डडेल्धुरा जिल्लामा बसोबास गर्ने भाग्यमानी व्यक्तीहरु प्रकृतिकुञ्जको कति आनन्द लिएर आफूलाई धन्य धन्य मानी रहेका छन । बिकासको गती र प्राकृतिक सौन्दर्यताको बर्णन गर्दा डडेल्धुरा जिल्लालाई स्वर्गको कान्तिपुरी नगरी नै होकी भन्दा फरक नपर्ला ।