Categories
Uncategorized

डडेल्धुरा जिल्लाले पूरानो टिम अस्पतालबाट ख्याती कमाएको सन्दर्भ

बाघले घांस खादैन गोरु  , जरायो आदिले माशु खादैनन र सवै प्राणीले तोकिएको नियम भन्दा बाहिर नगए जस्तै  मानवले पनि आ-आफ्नो क्षेत्रमा एउटा महत्वपूर्ण पक्ष अगालेका छन त्यो हो आफ्नो परम्पारगत धर्म मानवमा पनि बिभिन्न बर्ग छन बिभिन्न फांट तोकिएको छ  । त्यसै अन्तर्गत रहेर काम गर्नु पर्दो रहेछ भन्ने पाठ प्रकृतिवाटै हामीले सिकेका छौ र सिक्नु पनि पर्दछ । मानवले जतिसुकै प्रगति गरे पनि जति सुकसयल गरे पनि मानवको लागि धर्मको पक्ष महत्वपूर्ण छ । मानवले आ-आफ्नो बर्ग अनुसार फरक फरक धर्म अपनाएका छन र आफ्नो धर्मको लागि प्राण बिर्सजन पनि गर्ने गरेका छन ।

यसै क्रममा  अमेरिकन एच डि पि एस संस्थाले क्रिश्चियन धर्म प्रचारको लागि २०१८ सालमा डडेल्धुरा जिल्लाको पोखरा बजार देखी उत्तर पट्टी तल खोलामा टिमअस्पताल स्थापना गरेको थियो । अस्पतालमा उपचार गर्ने  व्यक्ती अमेरिकन  डा. सुमन अस्पताल स्थापना भएको समय देखि नै परीवार सहित आएका थिए । डा. सुमन जुनसुकै विमारको उपचार देखी शल्यक्रिया ,गर्भवती महिला , कुष्टरोगी समेत  बिमारीको उपचार गर्ने धेरै अनुभवी डाक्टर हुन  । उनको उपचारले सुदूर पश्चिम देखि भारतको उत्तर प्रदेसका मानिसहरुको लागि उपचारको सेवा पाई रहेका थिए ।

हप्तामा ७ दिन अलग अलग बिमारीको उपचार बार अनुसार उपचार गरिन्थ्यो । बुधवार कुष्ठरोगीको शुक्रवार गर्भवती महिलाको  मंगलवार क्षयरोगीको र अन्य वारमा अरु बिमारीको उपचारको लागि तोकिएको थियो । एक पटक नाम लेखि सके पछि दोश्रो पटक नाम लेख्नु नपर्ने व्यवस्था थियो । टिकट हराए पनि नम्वर थाहा पाउनु पर्दथ्यो नत्र उपचार हुदैन थियो ।  शुरुमा औषधी पनि निशुल्क पाईन्थ्यो  बिमारीहरु आफूलाई हप्ता दिनको दिएको औषधी टाईम मिलाएर नखाने हप्ता दिन न वित्दै फेरी अस्पताल जाने यस्तो प्रकृया दोहरिन थाले पछि औषधीमा पैसा तिर्ने चलन लगाएको थियो । पालै पालो गरी  विमारी बोलाउनको लागि डा.आफै उठेर बाहिर आउथे नाम बोलाए पछि बिमारी हिटन सक्ने भए हात समातेर लैजान्थे नसक्ने भए आफै बोकेर भित्र लैजान्थे । कसैंले बाहिर गडबड गरेको देखेमा त्यसको घांटी समातेर  दोश्रो पटक उपचार गर्न नआउन पाउने गरी तल खोलामा पुर्याएर आउथे । अस्पतालमा आउने बिमारी देखि त्यहां कार्यरत कर्मचारीहरु डाक्टरको डरले थर्कमान हुन्थे । सुमन डाक्टर देखेर पूरै सुदूर पश्चिमका मानिसहरु नै डराउदथे ।

     २०३८, ३९ साल तिर भर्खर धनगढीबाट डडेल्धुरा सदरमुकाम सम्म गाडी आउन शुरु भएको थियो एक दिन म पनि धनगढीवाट डडेल्धुरा बसमा आंउदा त्यसै  बसमा डा. सुमन पनि थिए यात्रीहरु सवै आपासमा मुख मुख हेरेर मजाकले भन्दै थिए आजको यात्रा पोखरा अस्पताल गए जस्तै हुने भयो । कसैले बोल्न हास्न  पनि पाईने होकि होईन चुपचाप लाग्नु पर्ने भयो नत्र बुढाले ठोक्ने हो भनेर आपसमै ख्यास खुस गरि रहन्थे । भाद्र महिनाको यात्रा शाहु खर्कमा सानो पहिरोले बस रोक्कियो । नेपालीको आदत सवै वसबाट ओर्लेर आनन्दले कोही सडकको छेउमा  ,भलादमी जस्ता देखिनेहरु अलि माथी  , कोही त माथी जंङ्गल सम्म बस्न थाले ,खलासि एक्लै फरुवाले पहिरो फाल्न लाग्यो । त्यस्तो अवस्था देखेर डा.सुमन रीसले तातेर खलासीको हातवाट फरुवा खोसेर यात्रीलाई ठटाउन थाले , यो नेपाल बिग्रेको यसरी नै हो ठालुहरु मजाले बसेका छन  , जो ठालु जस्तो देखिन्थे तिनीहरु पाखुरा समातेर यो पहिरो सवैले हातले फाल नत्र म डण्डाले हिर्काउछु भन्दा सवैं डरले पहिरो फाल्नमा लागे १० , १५ मिनटमै वाटो सफा भयो । सवैले डा. सुमनलाई धन्यवाद दिए नत्र ३ , ४ घन्टा लाग्दथ्यो एक्लै खलासीको हातवाट । त्यो क्षण म बिर्सेको छैन लेख्ने मौका पनि पाए ।  

टिम अस्पतालको मूख्य उद्देश्य हो क्रिश्चियन धर्म प्रचार गर्नु तर धर्म प्रचार गर्न तिर ध्यान नदिई  डा.सुमनले बिमारीहरुको उपचार  बढी  ध्यान केन्द्रित गरेका थिए उनलाई थाहा थियो हिन्दूहरु आफ्नो धर्म प्रति बढी अडिग पनि छन र पंन्चायती व्यवस्थाले पनि धर्म परिवर्तन गर्न दिदैन । बरु डा. सुमनका परीवारहरु हिन्दू संस्कार देखेर  प्रभावित भएका थिए  । आफ्नै मनोमानीले २ ,  ४ जना  नेपालीहरु नोकरीको लोपले क्रिश्चियन धर्ममा लागेका थिए । डा.सुमन डडेल्धुराका जनताको नजरमा भगवान जस्तै थिए । टिम अस्पतालको कारणबाट डडेल्धुरा जिल्लाले नेपाल र भारत देशमा पनि  नाम कमाएको थियो ।

   डा.सुमनका छोरा छोरीहरु सानै देखी डडेल्धुराकै हावा पानी मा हुर्केका हुदां यहांको भाषा कला संस्कृतिमा रमाउने गांउका केटाकेटी संङ्गै खेल्ने  जंङ्गलमा काफल खान जाने सु सु गीत गाउने कहिले काही वदमासी पनि गरेको दिन डा. ले आफ्नो छोरालाई पिट्यो भन्ने हल्ला वाहिर आउंथ्यो ।

 टिम अस्पताल पोखराका डाक्टर सुमन को अस्पताल संचालन  अनुशासन को प्रभाव  र महेन्द्र हाईस्कुल खलंङ्गाका हेड मास्टर श्री के .पि. पन्त [ काली प्रसाद पन्त } को ईस्कूल संचालनको अनुशासन को प्रभावले डडेल्धुरा जिल्ला नै संचालन भै रहेको छ कि जस्तो अनुभुती भई रहेको जस्तो थियो । गांउका जनता डा. सुमनको प्रभाव परेको  थियो  भने विद्यार्थीहरुमा हेड मास्टर के. पि. पन्तको प्रभाव परे पछि जिल्लाका जनता आफै अनुशासित हुनु स्वभाविकै हो र थियो पनि । २ जनाको प्रभाव कस्तो थियो होला आफै बिचार गर्नु । पूराना व्यत्तीहरुलाई त यादै होला  तर अतीतका कुरा बिर्सिने आदत हुने हुंदा सम्झना गर्ने मौका पाए मैले पनि ।  मेरो बिषयमा कुरा गर्दा  समयमा टिम अस्पताल नखुलेको भए मैले यो संसार देख्ने नै थिएन मलाई बचाउने टिम अस्पताल नै हो म जस्ता कैयौं नागरिकको ज्यान बचाउने डा . सुमन प्रति स्रद्धा सुमन व्यक्त गर्दछु ।

डा.सुमनकी छोरीले २०७० सालमा डडेल्धुरा भ्रमणमा  आएको समयमा स्ठानीय भाषामा सु सु गीत गाएको भिडियो रेकर्ड पनि प्रस्तुत गरेको छु (Skip to 14:30) ।

सम्झनामै रह्यो टिम अस्पताल२०२२ सालको कुरा हो, डाक्टर सिमनकी छोरी डौउनलाई अझै सम्झना छ– ‘पहिलो पटक डडेल्धुरा पुग्दा न अहिले जस्तो बजार थियो न त गाउँ नै।’ उनका अनुसार डाक्टर सिमनले डडेल्धुराको पोखरा स्थित नदीको किनारमै एउटा कोठामा मेडिकल सञ्चालन गर्दै सोही बर्षदेखि स्वास्थ्य सेवा प्रदान गर्न सुरु गरेका थिए। ‘एउटै कोठा थियो, सोही कोठामा बुवाले विरामीको जाँच गर्थे, सोही कोठामा उपचार हुन्थ्यो अनि सोही कोठामा शल्यक्रिया पनि हुन्थ्यो।’ डौउनले भनिन्। पछि मेडिकलमा विरामीको सङख्या पनि बढ्दै गयो र मेडिकलले पनि टिम अस्पतालको रुप लिन थाल्यो। एकै दिन ४ सय जना विरामीले सेवा लिएको सम्झना पनि डौउनसंग छ। सुदूरपश्चिम र मध्यपश्चिमबाट मात्र होईन सीमा क्षेत्रका भारतीय बजार र गाउँवाट पन विरामी टिम अस्पताल पुग्थे। डौउनकी आमा अर्थात डाक्टर सिमनकी श्रीमतीले शल्यक्रिया गर्दा विरामीलाई बेहोस पार्ने काम गर्थिन्। ‘अहिले जस्तो न उपकरण थियो, न त पर्याप्त स्वास्थ्यकर्मी नै थिए,’ डौउनले दिनेश खवरसंग कुरा गर्दै भनिन्, ‘अधिकासं समय अस्पतालमा बुवा, आमा मात्रै हुन्थे पछि अन्य देशबाट पनि विशेषज्ञ डाक्टर आएपछि सेवा पनि प्रभावकारी हुँदै गयो।’ सो बेलामा टिम नेपाल मार्फत सञ्चालन हुँदै आएको अस्पताल पोखरा नजिकैको नदी किनारमै थियो। तत्कालिन टिम अस्पतालमा १९ बर्ष सम्म काम गरेका डडेल्धुरा दमडाका मेघराज भट्टका अनुसार जिल्ला सदरमुकाममा अस्पताल सञ्चालन भए सेवा प्रवाहमा थप सहजता हुने र स्वास्थ्य सेवामा सर्वसाधरणको पहुँच पनि बढ्दै जाने भन्दै अस्पताललाई सो क्षेत्रबाट सारिएको हो। ‘सो समयमा १० जना सम्म विदेशी विशेषज्ञ डाक्टर अस्पतालमा कार्यरत रहे। जापाना, अमेरीया, क्यानेडाबाट पनि डाक्टर आउथे,’ उनले भने, ‘जव अस्पताल बन्द भयो धेरै डाक्टर रुँदै आफ्नो घर फर्किएका थिए।’ उनका अनुसार नेपाल सररकाले विदेशी डाक्टरलाई भिषा निरन्तरता दिन आनाकानी गरेपछि उनीहरुले डडेल्धुरा छोडेका हुन्। टिम अस्पताल सञ्चालनको नाममा धर्म परिवर्तन गराउने खेल भईरहेको भन्दे तत्कालिन समयमा राजनीतिक दल मार्फत विरोध पनि भएको सम्झना भट्टलाई छ।टिम नेपालले अस्पताल सञ्चालन गर्न छोडेपछि मानव विकास तथा सामुदायिक सेवाले पनि ५ बर्ष सम्म अस्पताल सञ्चालन गरेको थियो भने २०७० सालमा सोही अस्पताल र जिल्ला अस्पताललाई मिलाउँदै उपक्षेत्रीय अस्पताल घोषणा गरिएको हो। सोही समयदेखि डडेल्धुरामा स्वास्थ्य सेवा पाउन मुस्किल भएको तर्क धेरेको छ। ५१ बर्ष अगाडी २०२५ सालमा लुतो लागेपछि पहिलो पटक टिम अस्पतालमा उपचारका लागि पुगेका बैतडीका कृष्णवहादुर ऐरले सोही अस्पताललाई सम्झिदै भने– ‘सो समयमा टिम अस्पतालले कैयौ बिरामीको निशुल्क उपचार गरेर ज्यान बचायो, डाक्टर सिमनले दिनुभएको सेवा जनताले कहिल्यै बिर्सिने छैनन्।’ डाक्टर सिमनलाई सरकारले भिषा दिन अटेरी गरेपछि डडेल्धुरा अस्पतालको दुरगती भएको बताउँदै उनले भने, ‘अमेरिका जस्तो देशबाट आएर नेपालको दुर्गम क्षेत्रमा अस्पताल खोलेर निशुल्क उपचार गराउनु चानचुने कुरा थिएन्।’ नागरिक समाज डडेल्धुराका संयोजक नरेश जोशीले पनि अहिले टिम अस्पतालको सम्झना मात्रै बाँकी रहेको सुनाए।‘उपक्षेत्रीय अस्पताल घोषणा भएपछि स्वदेशी डाक्टरबाटै विशेषज्ञ सेवा पाउने आशा पलाएको थियो,’ जोशीले भने, ‘तर अहिले आएर नाममा मात्रै स्तरोन्नति हुने तर सेवा खस्किदै गएपछि टिम अस्पतालको आवश्यकता महसुस भएको छ।’किन बन्द भयो टिम अस्पतालटिम अस्पतालमा कार्यरत विदेशी डाक्टर र स्वास्थ्यकर्मीले तलव पनि पाउथेनन् भने उनीहरुले अस्पतालको आवासमा बस्दा र अस्पतालको गाडी प्रयोग गर्दा पनि भाडा तिर्नु पथ्र्यो। अस्पतालमा विरामीको उपचार बापत संकलन हुने रकम नेपाली कर्मचारीका लागि मात्रै थियो।अस्पताल पोखराबाट डडेल्धुरा सदरमुकाम नजिक सरेपछि विस्तारै अस्पतालमा कार्यरत विदेशी डाक्टर र स्वास्थ्यकर्मीहरु धर्म परिवर्तनमा केन्द्रित भएको आरोप लाग्यो। सोही विषयलाई जिल्ला स्थीत राजनीतिक दललले मुद्धा बनाए। उनीहरुले टिम नेपालबाट सञ्चालित अस्पताल मानव विकास तथा सामुदायिक सेवालाई हस्तान्तरण गर्न लगाए। अस्पतालमा १९ बर्ष काम गरेका भट्टका अनुसार सोही सस्थाले पछि उक्त अस्पताल सरकारलाई हस्तान्तरण गरेको थियो। ‘अस्पताल बन्द भएपनि विदेशी डाक्टर भने डडेल्धुरामै बस्न ईच्छुक थिए,’ उनले भने, ‘तर सरकारले भिषा दिनै आनाकानी गरेपछि उनीहरु स्वदेश फर्किएका हुन्।’डडेल्धुरा सम्झिरहन्छन डाक्टर सिमनडाक्टर सिमनकी छोरी डौउनलाई मंगलवार भेट्दा डाक्टर सिमनले एक दिन अगाडी मात्रै ९० औँ जन्ददिन मनाएका रहेछन्। जन्मदिनको दिन डडेल्धुरामा रहेकी छोरीलाई डाकटर सिमनले फोन गरेका थिए। ‘जन्मदिनको दिन बुवाले मलाई फोन गरे। सबैलाई नमस्ते गरे र सम्झना छ भने,’ उनले भनिन्, ‘आमाको पनि स्वास्थ्य कमजोर भएको छ तर डडेल्धुराको सम्झना उहाँलाई पनि आईरहन्छ।’ डौउनले पनि डडेल्धुरालाई माईती घर सम्झिन्छिन र बेला–बेला आईरहिन्छन्।श्राेत : दिनेश खवर

Gepostet von Dipak Bahadur Khadka am Samstag, 16. November 2019

 २०४० सालमा पोखरा बजारको दुर्गम खोलामा रहेको टिम अस्पतालको लागि डडेल्धुरा सदरमुकाममा जग्गा उपलव्ध गराई सदरमुकाम ल्याउने राम्रो  काम गरिएको भए पनि अमेरिकन संस्था एच डि सि एसले नेपाल सरकारको अधीनमा रहेर काम गर्नु भन्दा संस्था नै छोडेर जाने  मन्जूर भए पछि  २०६४  साल देखि नेपाल सरकारको उप -क्षेत्रीय अस्पताल डडेल्धुरा नामाकरण भई  संचालनमा आएको  छ ।