Categories
Uncategorized

डडेल्धुरा को पूरानो सम्झनाः

देही जांत उग्रतारा देवीको मेला सकिए पछि डडेल्धुराका चाडपर्व मेलाहरु सवै सकिए पछि  हिंउदको जाडो छल्न र कामको खोजिमा तराईतिर झर्ने चलन थियो । महेन्द्रनगर बजार र बर्मदेउ { ब्रह्मदेव }  बजारबाट बझाङ्ग , बाजुरा का मान्छेहरु पैदल यात्रा गर्दै डोकोमा नून ,गूड र अन्य सामानहरु ल्याउन को लागि हूलका हूल भएर आउथे । किर्तीपूर बजार देखि हालको बागबजार सम्म बझाङ्ग , बाजुरा ,अछाम का पैदल यात्री र हुम्ला , जुम्ला का भोटे जातीहरुका भेडा  , गहनाले सजिसजाउ भएका खच्चर घांटीमा लगाएका ठूला टूला घांणा खांकरहरुका आवाजले बाटो नै घन्की रहेको हुन्थ्यो । हमीहरु स्कूल जान आउन बाटो हिडन नपाई छेउछेउ भएर हिडनु पर्दथ्यो ।  स्कूलबाट घर फर्कने बेला भोक लागि रहन्थ्यो बाटोमा स्याउली राखेर  मधेसवाट भारी बोकेर फर्केका भरियाहरुले स्याउली नाघ्न नपाउने , स्याउली नाघेर जाने भए गूड , मिस्त्री दिएर जाउ भनेर वाध्य पारि  गुंड मिस्त्री  मागेर खाने गर्दथ्यौं ।

बाख्खोड  [बाघ थुन्ने खोड राखेको मैले त देखेन तर पहिला थियो रे  } अहिलेको बागबजारमा एक दुई पसल मात्र थिए बांकी ठांउमा भोटेका बाख्राहरुको बास बस्ने ठांउ थियो । पूरै ठांउ गोबरको गन्ध आईरहन्थ्यो । कपडा जुत्ता खाद्यान्न भांडा आदि सवै सामान पाईने डम्बर रावलको एक मात्र पसल थियो आईतमा सवै त्यसै पसलमा सामान खरीदको लागि जान्थे । १० रुपैयामा कपडाको एक जोर जुत्ता किनेको मलाई पनि याद छ ।  २०२८ साल को कुरा हो   म १२   बर्षको थिए पहिलो पटक    बुवा संङ्ग गाई गोरु सहित  महेन्द्रनगर जानको  लागि बिस्तारै ठांउ  ठांउमा बास बस्दै  जांदा पहिलो बास घटाल स्थान नजिक खेतमा  बास बसियो ।  भोली पल्ट महाभारत लेकको  सतघटाको उकालो हुदै चिरकिट्टे बजारको धर्मशालामा बास बसियो । त्यहांवाट तेश्रो दिन माथि आधा घन्टाको तेर्सो बाटो हिट्दा कालो लेकमा  रमाईलो दृश्य  देख्न पाईयो खालि चउरमा  तीन चारवटा बास बस्ने धर्मशाला थिए चारैतिर ठुंलठूला रुखले शोभायमान देखिएने महाभारत लेकको बर्णन गरिदै   डोटेली भाषामा गीत गांउदा  यसरी गाईन्छ ।

पूर्व देखी पश्चिम सम्म महाभारत लेक  ।
लालीगुरांस , धुपी , सल्ला , बांज , फल्यांट मेल ।।
बाघ , भालु , बांदर,  घोरल , चित्तल ,पन्छी  छन   ।
एक्लै मान्छे जान सक्दैन घनघोर बन  ।।
बाह्र बर्ष बनबास बस्या पाण्डव पांच भाई  ।
द्रौपती संङ्गै थिईन यसै लेकमा आई   ।।
पांचै भाईकि पत्नी हुन द्रौपती हो नाम  ।
तिर्थ गर्न मन लाग्यो कैलाश जाने काम   ।।
बाटामा तिष लागि गैछ पानी खान भणी  ।
अर्जुनले बाण हाण्यो घुमाई जमीन मुनी   ।।
पानी झिक्यो बाण संङ्गै रमसिलाको धारो  ।
शक्तीशाली  पुरुष हुन  क्यै थिएन गाह्रो   ।।
तेल्याको धरमशाला रमसिलाको पानी   ।
तति निको रुबस्या लेक क्या बिर्सलो माणी  ।।

       त्यहांवाट १० मिनेट जति तल झर्दा एउटा सुन्दर कलकल आवाज गरी बग्ने सुन्दर वाटोको छेउमा  पानीको ढुङ्गेधारा रहेको छ । त्यसैको नजिक एउटा ढुङ्गामा मान्छेको बुढी औंलाको जस्तै छापको  गहिरो डोबको आकार देख्न सकिन्छ ।भनिन्छ  पाण्डवहरु बनवासमा रहदा कैलास मानसरोवरमा जानको लागि यसै वाटो भएर आउंदा यस पर्वतमा  भ्रमण गर्ने  समयमा  द्रौपतीलाई तिर्खा लागेको , अर्जुनले बाण हानेर पानी झिकेको किम्वदन्ती रहेको छ । ढुङ्गामा भीमसेनले ओंलाको फोहर सफा गर्न  औंला रगडदा औलाको छाप लागेको भन्ने भनाई पनि रहेको छ । धाराको बिशेषता हेर्दा पानीको मूहान डांडाको ट्प्पोमा रहेको छ पानीको मूहानको लागि कुनै आधार देखिदैंन भने ढुङ्गामा मानिसको बुढी ओंलाको दुरुस्त छाप देख्न पाईन्छ ।

पाण्डवहरुले भ्रमण कै दौरानमा बिभिन्न ठांउमा केही न केही चिनारीहरु बनाएका किम्वदन्तीहरु सुन्न पाईन्छ । महाभारतको लेकवाट तल डोटी घटाल पुगे पछि असिग्राम मन्दीरको चौउरमा निर्माण गरिएको देवल पनि पाण्डवहरुले नै बनाएका थिए भनाई रहेको छ । त्यस्तै अजयमेरुकोटको हाटमा बनेका ५००० बर्ष पूंराना  देवलहरु राजाले बनाएका होईनन   पाण्डवले नै बनाएका हुन भन्ने किम्वदन्ती सुन्न पाईन्छ । बैतडी जिल्लाको सदरमूकाम नजिक तल देवलहाटमा पाण्डवहरुले बनाएका देवल र डडेल्धुरा जिल्लाको हाट गांउमा बनेका देवलहरुको प्रकृति र गांउ ठांउको नाम पनि  एकै किसिमको मिल्दोजुल्दो  देखिदा यी दुवै जिल्लाका देवलहरु पाण्डवहरुले नै बनाएको अडकल गर्न सकिन्छ । जनताको गांउठांउमा पाण्डवहरुले बास बस्दा जनताहरु खुसी भई नाचगान मेला हाटबजार गरेको हुंदा हाट नामकरण भएको भन्ने किम्वदन्ती रहेको ‍छ ।

   गाई गोरु थाकेर हिट्न नसक्ने भएकाले चौथौ दिन हामी निङ्गलाड भन्ने ठाउंमा बास बस्न पुग्यौं सांझ परि सकेको थियो । एक सानो डाडामा हामी बसेका थियौं तर रातभर एकनासको हावा चलेर खाना पकाउन सक्ने हिम्मत कसैलाई भएन हावाले झरपात  र हाम्रो राखेका सामान लुगा आदि समेत हावाले उडाउला जस्तो भई रह्यो रातभर । सवै भोकभोकै घोप्ठो परेर रात वितायौं , यस्तो अवस्थामा पनि मेरो बुवाले खिचडी पकाएर खानु भएको रहेछ  भोलिपल्ट थाहा भयो । १० मिनेटको दुरीमा बास बस्ने अर्को परीवार पनि रहेको रहेछ तर उनीहरुको ठांउमा त्यस्तो हुरी नचलेको तिनीहरु आनन्दले बसेका रहेछन भन्ने थाहा भयो । नजिकैको ठांउमा रातभरि हावाहुरी लागि रहनु अन्यत्र हावा लागेको कसैले थाहा नपाउनुको के रहेछ भन्दा  यस ठांउमा एउटा शक्तीशालि यक्षको बस्ने ठांउहो । यसको बारेमा मानिसहरु थाहा नपाई ‘’बिज्वाभूत’’ भनेर नाम राखेका छन ।

यक्ष भनेको मानिस र भूत भन्दा माथिको दर्जा हो यसले अध्यात्मलोक र पृथ्वीलोक दुवैको आनन्द लिएर मस्तीले आफ्नो जीवन चलाएको हुन्छ जसरी हामी यस पृथ्वीलोकलाई आंखाले देख्दछौं त्यस्तै आंखाले यक्ष दुवैलोकमा बराबर देख्दछ  । सुने अनुसार निङ्गलाड निवासी यक्षको छोरा महेन्द्रनगरमा प्रहरीमा नोकरी गरीरहेका हुन्छन ,उसको खुट्टाबिमार भएर हिटन नसक्ने अवस्थाको छ भनेर उस्को घरमा थाहा पाएछन,  अव उस्लाई कसरी औषधी पठाउने भनेर घरमा  बिचार गर्न लागे   ,  एक जना महेन्द्रनगर जानको लागि एक्लै हिटिरहेको  बटुवालाई भ्रममा पार्न बाटोको  छेउमै २  , ३ वटा दूध दिने भैंसी बाधेको खर्क हुन्छ, नजिकै अगेनामा चरुमा  बुढी मान्छे खीर पाकाई रहेकी हुन्छे,  बुढो चिलममा तमाखु खांदै गरेको  छ  ,बुहारी भैंसीलाई घांस दिईरहे छे , यस्तो दृश्य देखे पछि बटुवालाई एक छिन बसिहालौं भोक पनि लागेको छ ,केही खान पाईन्छ कि, भनेर बुढालाई ढोग गरे बडवाउ भनेर सम्वोधन गर्दछ  ,बुढाले पनि ए बस बस कहांवाट आएको , कहां जाने बटुवाले भन्छ, डडेल्धुराबाट महेन्द्रनगर जान भनेर हिटेको ,महेन्द्रनगरमा प्रहरीमा जागिर छ ,बिदामा घर आएको थिए अव हाजिर हुन जांदैछु  भनेर दुबैको भलाकुसारी सकिए पछि बटुवालाई खीर खान दिएछन ,खीर खाए पछि बटुवा जान लाग्ने समयमा बुढाकी बुहारीले पिसेको  हरियो औषधीको पोको ल्याएर बटुवालाई भनि , एक जना तिम्रो प्रहरी पोष्टमा खुट्टामा रोग लागेको व्यक्ती छ उस्लाई यो औषधी दिनु भनेर औषधीको पोको दिन्छे , बटुवाले भन्छ म कसरी जानकारी पांउला र कस्को खुट्टामा रोग छ भनेर नाम त बताउ , भन्दा बुढाकी बुहारी ले उ आफै तिमी संङ्ग औषधी माग्न आईहाल्छ तिमीले चिन्ता लिनु पर्दैन भनिछन । यस्ता अनेकौं घटनाहरु सुनांउथे बुढापाकाहरु ।

एक दिन  पोखरा टिम अस्पतालको  डा.सुमनले एक जनालाई उपचार गर्दा सुई जति घोचे पनि नजाने छाला पनि अनौठो शरीर पनि अनौठो लागेको यो कुरा डा.सुमनले नै भनेको हो भन्थे मैले त उपचार गर्दा  अचम्मको मानव देखे , भूत हो की मान्छे हो, त्यस्तो शरीरको मान्छे कहिल्यै पनि देखेको थिएन ,आज देखे भन्दा सवैले भनेछन निङ्गलाडको ‘’बिज्वाभूत ‘’हो । एक पटक छोराको बिहेको लागि कन्या जुराउन ज्योतिष कहां ‘’बिज्वाभूत ‘’गएको रे कन्या जुराई सकेपछि ज्योतिषलाई टन्नै पैसा दिएर ‘’बिज्वा ‘’फर्केर गएपछि  ज्योतिष पैसा गन्न थालेछन पैसा जति सवै स्याउला भएको देख्दा थाहा पाएछन यो त निङ्गलाडको ‘’बिज्वा’’ हेराउन आएछ भनेर थाहा पाएछन । डडेल्धुर।मा यस्तो चलन थियो कि कुनै नयां कुरा सुन्नमा आयो कि ‘’बिज्वाभूत’’ को करामत भन्दथे हुरी आयो ‘’बिज्वाभूत’’ ठूलो आवाज आयो ‘’बिज्वाभूत ‘’बिज्वाभूतले’’ ठूलै ख्याती कमाएको थियो । बर्तमानको समयमा सडकबाट गाडी दौडिन थाले पछि  निङ्गलाडको बाटो सवैको लागि छुट्यो ‘’बिज्वाभूत ‘’पनि हरायो ।

      मेरो बिचारमा त्यो बिज्वाभूत होईन त्यो यक्ष हो यक्षको दर्जा भूत भन्दा माथि हुन्छ देवता समानको दर्जा  यक्षले कसैलाई दुःख दिदैन अफ्ठेरो परेको समयमा सहयोग गर्दछ ।बुढापाकाहरुवाट  निङ्गलाड निवासी यक्षको बिषयमा जति पनि कहानी मैले सुने अनुसार आफ्नो क्षेत्रमा आवात जावत गर्ने व्यक्तीहरुलाई दुख कष्ट परेमा सवैलाई खीर खुवाएर पैसा दिएर वाटो बिर्सेकालाई बाटो देखादिने काम गरेको प्रशस्त कहानी सुनेको हुंदा यक्ष देवता हुन भन्ने कुरा सिद्ध हुन्छ । यस्ता सत्य घटनाहरु पहिलेका जमानामा भई रहन्थे तर बर्तममान युगमा एक देशको कथा भई सके पत्याउनै नसकिने गरी । जमाना पनि यसरी परिबर्तन भै दिने रैछन । नपत्याए निङ्गलाडको यक्ष देवतालाई साम्नेमा देख्ने मानिस जिउंदै छन , जिलोडा गांउका बनपाले राम प्रसाद पाठक हाल कैलाली जिल्लाको मालाखेतीमा बसोबास छ वहांको । बनपाले पदमा नोकरीमा रहेको समयमा  निङ्गलाड क्षेत्रमा बन रेखदेख गर्न एक्लै गएका रहेछन डांडाहरु कुहिरोले ढाकेको अध्यारो जस्तो कुन क्षेत्रमा घुमिरहेको छु थाहा छैन समय कति बजेको छ त्यो पनि थाहा छैन बाटो बिर्सिएर कहां पुगे त्यो पनि थाहा छैन ।घनघोर लेकमा  एउटा व्यक्ती पिछ्योरा ओडेर बसेको देखियो रे उस्ले भन्यो जुन बाटो भएर आएको हो उतै बाटो फर्केर जा ? यता बाटो छैन भनेको सुने पछि यो को रहेछ भनेर हेरेको त उस्ले पनि एक साईडवाट आफ्नो मुख देखायो रे मुखको आकृति र  भयानक जुङा पालेका  रुख जस्तै लम्वा खुट्टा देख्दा अचम्ममा परे यत्रा पनि मानिस हुंदा रहेछन मनमा सम्झेर फर्केर आएछन तल मूलबाटो भेट्टाए पछि  ३०  कि. मि .टाढा  चिरकिट्टे बजारमा आएर चिया पिउदा घडि हेरेछन त साझको ४ मात्र  बजेको थाहा पाएको त्यस पछि मैले त आज जंङ्गलमा यस्तो भयानक मानिस भेटे निङ्गलाडमा भने पछि चिया बेच्ने मानिसले भनेछन तिमीले त ‘’बिज्वाभूत’’ लाई भेटेका रहेछौ तिमीलाई बचाई हाले छ भाग्यमानी रहेछौ तिम्रो कुले देवता ठूलै हुनाले तिमीलाई बचाए छ , भनेपछि बल्ल याद आयो ‘’बिज्वाभूत’’ नै रहेछ भनेर । मैले वहांसंङ्ग प्रत्यक्ष हो कि होईन भनेर सोध्दा हो मैले प्रत्यक्ष रुपमा पिछ्यौरा ओडेर बसेको देखेको हुं  भन्नुभएको थियो र अन्य माथि लेखिएको कुरा पनि वहाले भने बमोजिम नै हुन ।

 यो पृथ्वीमा देव दानव यक्ष गन्धर्व भूंत प्रेत मानव र अन्य प्राणीहरुको त्यत्तिकै बसोबास छ । तर मानवले अह् स्वभावले आफूलाई मात्र आधिकारि मान्दछ । यस्ता घटनालाई उहिलेका कुरा खुईले बनाई दिए पनि वास्तविकता कहि हराउदैन ।