Categories
Uncategorized

राजा बिक्रमादित्य

‘’यद्यस्य नास्ति रुचिरं तस्मिंस्तस्य स्पृहा मनोज्ञेSपि
रमणीयेSपि सुधांशौ न मनः कामः सरोजिन्याः’’
‘’बैराग्ये संचरत्येको-नीतौ भ्रमति चापरः
श्रृङ्गारे रमते कश्चिद् भुविभेदाः परस्परम्’’

    ‘’  रुचि नै रहेन भने जतिसुकै सुन्दर आकर्षक र राम्रै वस्तु भए पनि त्यसप्रति कुनै चाहना रहदैन । अत्यन्तै राम्रो भए तापनि कमलिनी [सूर्य भक्ती ]फूलले चन्द्रमालाई मन पराउंदैन । ’’

आज भन्दा लगभग २४०० बर्ष पहिला भारत उज्जैनका राजा गन्धर्ब सेनका भर्तृहरि र बिक्रमादित्य नाम गरेका दुईटा छोरा थिए । आफ्ना पिताको अन्त्य पछि जेठा छोरा भर्तृहरि उज्जैनका राजा भए । राजा भर्तृहरि धेरै बिद्धान धर्मात्मा  र शक्तीसाली थिए भएर के गर्नु सवै रानी मध्ये उनकी प्यारी कान्छी  रानी पिङ्गला धेरै चंन्चला थिईन ,राजा कान्छी रानीको बशमा थिए जे कान्छी रानीले भन्यो त्यही हुकुम चलाउथे ।  चंचला रानीको काम एकातिर कुरा अर्को तिर सवै कर्तूत बिक्रमादित्यलाई थाहा थियो ।   भाउजुको यस्तो चर्तिकला देखेर बिक्रमादित्य दाजु भर्तृहरिलाई भाउजुको विषयमा भनिरहन्थे । यस बिषयमा राज भर्तृहरि पनि  रानीको विषयमा अनुसंन्धान गरि रहन्थे  । रानीले पनि देवरले आफ्नो दाजुलाई कुरा लगाएको थाहा पाएकि थिईन । एक दिन राजा भर्तृहरिलाई बिश्वासमा पार्न बिक्रमादित्य सुतेको समयमा आफ्नो पछ्योरा ओडाएर राजालाई कुरा लगाउन थालिन , तपाईको भाई बिक्रमादित्यले मलाई हातपात गरीआफ्नो  कोठामा लैजान खोज्यो म उस्को हातवाट खुस्केर भागेर आए तर उ मेरो पछ्यौरा ओडेर मस्तले सुतेको छ । न पत्याए हेरि बक्स्योस भनेर राजालाई देखाउन लगि तव राजाले पनि देखे बिक्रमादित्य रानीको पछ्यौरा ‌ओडेर मस्तले सुतेको देखेपछि मनमनै भन्दछन , यो त आफू बदमास रहेछ दोष भाउजुलाई लगाउंदो रहेछ  , यस्लाई देश निकाला गर्नु पर्दछ भनेर भाई बिक्रमादित्यलाई राजा भर्तृहरिले देश निकाला गरिदिए ।

        राजाले बिना कसूरमा देश निकासा गरि दिए पछि क्रुद्ध भएर घनघोर जंगलमा गई  देवीको तपस्या गर्न थाले । त्यस पछि बिधीको लिला शुरु हुन्छ भर्तृहरिको दरवारमा , एक दिन एउटा सन्त फल हातमा लिएर दरवारमा  आएर  राजा भर्तृहरिलाई भन्दछन हेर ? राजा यो फल खायौ भने तिमी निरोगी र  चिरन्जिवी भई देश र जनताको राम्रो भलो गर्न सक्ने छौ भनेर सन्त फल दिएर गए  । अब फल पाए पछि राजा मनमनै सोच्न थाले आहा ! यो फल त मेरी प्यारी रानीलाई दिन पाए कति राम्रो हुन्थ्यो भनेर रानीलाई त्यो फल दिएर राजा भन्दछन हेर ? रानी यो फल खायौ भने तिमी निरोगी र चिरन्जिवी हुनेछौ । यो फल तिमीले खानु भनेर रानीलाई दिए  , रानीले पनि फल समाईन र मनमनै सोच्न थालिन आहा ! यो फल त मेरो प्यारो दरोगालाई ( अंगरक्षक) दिन पाए कति आनन्द आंउथ्यो होला भनेर एकान्तमा दरोगालाई फल दिएर रानी भन्दछिन । हेर ?   यो फल तिमिले खायौ भने तिमी मोटाघाटा र आयुष्मान हुने छौ  तिमिले यो फल खानु पर्दछ भनेर आफ्नो दरोगालाई  फल दिएर गईन

फल पाए पछि दरोगा पनि मनमनै सोच्न थाल्यो आहा ! यो फल त बजारमा रहेकी मेरी प्यारीलाई दिन पाए मोटीघाटी हुने थिई मत उसैलाई दिन्छु भनेर बजारतिर गयो , आफ्नी पृयतमालाई भेटेर भन्दछ हेर ? यो फल तैले खाईस भने तं सुन्दर र धेरै बाच्ने हुन्छेस , तैले राम्री भएमा म धेरै खुसी हुन्छु  , भनेर दरोगाले फल बेश्यालाई दिएर आंउछ । बेश्याले फल समातेर सोच्न थाली यो फल खाएर मैंले धेरै बांच्नु छैन । मेरो जिन्दगी यसै तुच्छ कार्यमा वित्यो अव यो च्याउरी परेको शरीरलाई अन्त्य गर्नु नै बेश छ । बरु यो फललाई हाम्रा राजालाई दिन पाए राजाले मलाई धन पनि दिने छन र राजाले हृष्टपुष्ट भई शासन चलाएमा जनताको सेवा गर्ने छन र जनताले सुख पाउने छन भनेर मनमा सोची  राजदरवारमा पुगेर द्वारपाल संग भन्दछे , मैले सरकारको लागि अचम्मको फल ल्याएर आएकि छु , यो फल हाम्रा राजाले खाईबक्से हृष्टपुष्ट र चिरजिन्जिवी होईवक्सीन्छ देश र जनताको राम्रो शुरक्षा हुनेछ मलाई राजाकहां पुर्याउ । यस्तो कुरा सुने पछि द्वारपालले राजा कहां खवर पुर्याएर बेश्यालाई भित्र पठाए  सरकार यो फल हजुरले खाईबक्से हजुर चिरन्जिवी र निरोगी होईबक्सीन्छ त्यसकारण देश र जनताको शुरक्षा  गर्न यो फल लिई बक्स्योस भनेर राजालाई फल दिई  । राजाले आफूलाई सन्तले दिएको फल यहि हो भनेर चिनि हाले , बेश्यालाई ईनाम दिएर पठाए पछि त्यो फलको बिषयमा दरवारमा अनुसंन्धान हुन थाल्यो   । यो कुरा थाहा पाएर रानी पिङ्गला र रानीको दरोगाले छतवाट हाम फालेर आत्महत्या गरे । आफ्नी प्यारी रानीको कृयाकलाप देखेर राजा भर्तृहरिलाई  भाई बिक्रमादित्यले भनेको कुरा सम्झिएर भाईलाई दुःख दिई देश निकाला गरेको र रानीले बिश्वासघात गरेको आघातमा आफैलाई धिक्कार्न थाले । स्त्रीका चरित्रको बशमा परेर मानिसको जीवन बर्बाद हुदो रैछ भन्ने कुरा याद आएर पछुताउन थाले । उनले रचेको श्लोकः-

यां चिन्तयामि सततं , मयि सा बिरक्ता

             साSप्यन्यमिच्छति जनं स जनोSन्यसक्तः

अस्मत्कृते च परितुष्यति काचिदन्या

            धिक् तां च , तं च , मदनं च , ईमा च  ,मां च

मैले जुन स्त्रीलाई सधैं प्रेम गर्दै आएको छु उत अर्कै पुरुषलाई प्रेम गर्दी रहिछ । उस्ले प्रेम गर्दै आएको पुरुष त उ पनि अर्कै स्त्रीलाई प्रेम गर्दो रहेछ । त्यसले प्रेम गर्ने गरेकी स्त्री त त्यसलाई प्रेम नगरी उ त झन म प्रति पो आकर्सित हुदी रहिछ । धन्य हो यो माशु नै माशु र नसाले अल्झिएको तन्तुहरुलाई खेलाउने कामदेव र म आफूलाई समेत धिक्कार  भन्दै राजा भर्तृहरिमा बैराज्ञ उत्पन्न भयो र भाई बिक्रमादित्यलाई  राज्य दिई आफू जंगलमा गई तपस्या गर्ने मनसायले भाईलाई खोज्न चारै दिशातिर  राजदूतहरु पठाए ।      उता देवीको तपस्या गर्न लागेका बिक्रमादित्य देखि देवी प्रसन्न भई बिश्वमा प्रख्यात चक्रवर्ती राजा हुने वर्दान प्राप्त गरेका थिए  । देवी भगवतीले  एक सन्तलाई अजम्वरी फल दिएर राजा भर्तृहरिका दरवारमा पठाएकि थिईन   । राजा भर्तृहरिले पठाएका राजदूतहरुले बिक्रमादित्यलाई खोजेर दरवारमा हाजिर गराए पछि दाजुले क्षमा माग्दै भाई बिक्रमादित्यलाई राज्य दिएर आफूं तपस्या गर्न जंङ्गल तिर गएको कुरा राजा भर्तृहरिको संस्कृत काव्य नीति शतक , शृ ङ्गार शतक र वैराज्ञ शतकका नेपाली भावार्थनुवादक  नेपाल सरकारका सचिव वालाजु  ,बाईपास निवासी स्व.मदन प्रसाद अर्यालले लेख्नु भएको छ ।