Categories
Uncategorized

राजा बिक्रमादित्यको शासनकाल

    राजा बिक्रमादित्यले देवी भगवतीवाट पाएको वर्दानको प्रभावले शक्तिशाली राजा थिए । सम्पूर्ण एसियाका राजाहरु बिक्रमादित्य राजाको अधीनमा भएर शासन चलाउंथे । राजा बिक्रमादित्य न्याय प्रेमी राजा थिए । उनको शासनकालमा दुःख कसैलाई थिएन । ‘’प्राण जावस  बरु बचन नजावस ‘’ दृढ संकल्प थियो उनमा ,देवताहरु पनि न्याय माग्न बिक्रमादित्यको दरवारमा पुग्दथे । जनताको सुखको लागि आफ्नो ज्यान दिन पनि तयार हुन्थे राजा बिक्रमादित्य , शनि ग्रहले आक्रान्त भएका जनतालाई शनिग्रह शान्त गराउन शनिदेव संग पुकार गर्दा शनिदेवले नमाने पछि शनिदेव संग लडाई समेत भयो , शनिदेवले राजा बिक्रमादित्यलाई मार्न आंटे भनेर ब्रह्मा ,बिष्णु , शिब ले दर्शन दिएर शनिदेवलाई ब्रह्मलोकको स्थान दिन्छौ बरु बिक्रमादित्य धर्मात्मा राजाहुन यिनलाई नमार भनेर दुवैको झगडा शान्त पारेको बर्णन गरिएको छ । ब्रह्मलोकको स्थान पाए पछि शनिदेव खुसी भई बिक्रमादित्यलाई भन्दछन तिमीले गर्दा मैले ब्रह्मलोकको स्थान पाए लौ  बैरभाव त्यागि वर्दान माग भने पछि बिक्रमादित्यले मेरा जनताहरु तपाईको ग्रहवाट आक्रान्त हुन्छन शनिग्रहको दोषवाट मुक्त गरि दिनुहवस भनेर वर्दान माग्दा शनिदेवले भने हेर ? बिक्रमादित्य म न्यायको देवता हुं ,  मैले कसैलाई पनि छोडनु हुदैन तर मेरो ग्रहलाई साढेसाती र अढैयामा सीमित गरि दिन्छु भनेको पनि लेखमा देख्न सकिन्छ ।

               राजा बिक्रमादित्यको राजगद्दीमा बत्तीस पुतलीहरु जडित भएका थिए । बत्तीस पुतली भनिएका बत्तीस लक्षणहरु हुन । जुन सवै प्राणीहरुमा रहेका हुन्छन  ब्रह्माबाट बर्दान पाएका बत्तीस लक्षणहरु उन्मत्तभई हामी भन्दा ठूलो कोही छैन हामीले प्राणीहरुलाई जहां जसरी पनि आफ्नो तरिकाले चलाउन सक्छौं भनेर नियमविपरीत प्राणीहरुको मनोभावनमा परिवर्तन गरी प्राणीहरुलाई चलाएको देखेर बत्तीस लक्षणहरुलाई सरापेर शक्तिहीन बनाई दिए । लक्षणहरु शक्तिहीन भए पछि प्राकृतिक नियममा असर पर्न थाल्यो । राजा बिक्रमादित्यले प्राणीहरुको भलोको लागि ब्रह्माको अनेक स्तुती गरी बत्तीस लक्षणहरुलाई पूर्ववत अवस्थामा ल्याउन सफल भए पछि बत्तीस लक्षणहरु धेरै खुसी भई राजा बिक्रमादित्यलाई संसारमा हुने घटनाहरु तुरुन्तै जानकारी गराई राज्य संचानलमा सजिलो होस भन्ने हेतुले सहयोग गर्न राजद्दीमा आफै जडित भएका थिए । यी बत्तीस पुतलीहरुको सहयोगले राजालाई आफ्नो देशमा चोर डकैती आदि जुनसुकै ताजा घटनाहरु राजगद्दीमा जडित पुतलीहरु तुरुन्तै जानकारी दिने गर्दथे । फलाना ठांउमा फलाना व्यक्तीले फलानाको घरमा गएर यो समयमा ज्यान मारेको अथवा जुनसुकै कर्म गरेको जानकारी पाउनासाथ राजा तुरुन्त त्यो स्थानमा गएर न्याय दिएर आउंथे । राजाले गरेका कार्यको जनता थाहा नै पाउंदैन थे । प्रहरी अदालतको काम आफै गर्दथे प्रहरी अदालत राजा बिक्रमादित्यको शासनकाल थिएन । जुनसुकै नयां कार्यको थालनी गर्दा जनताको राय लिएर मात्र त्यो कार्यको शुभारम्भ गरिन्थ्यो । आफ्नो बिक्रम सम्वतको शुभारम्भ गर्न पनि जनताको राय अनुसार बिक्रम संम्वत चलाएका  थिए । शनिदेव र सूर्यदेवमा को ठूलो भन्ने होड वाजि चल्दा शनिदेव आफ्ना बाबु सूर्यदव भन्दा पनि म नै ठूंलो भनेर सुर्यदेव संग लडाई गर्न समेत पछि परेनन् । त ब सवै देवताहरु मिलेर शनिदेव र सूर्यदेवमा को ठूला हुन भनेर न्याय माग्न मर्तमण्डलका राजा बिक्रमादित्यको दरवारमा आएका र राजा बिक्रमादित्यले स प्रमाण सूर्यदेवब ठूला हुन भनेर न्याय दिलाएको झोकमा शनिदेव राजा बिक्रमादित्य संग क्रुद्ध थिए भनाई पनि पुराणमा उल्लेख गरिएको छ । बेताल देवता पनि राजा बिक्रमादित्यवाट आफूलाई मोक्ष को लागि  सहयोग माग्न साथी भएर धेरै सहयोग गरेको बिक्रम बेताल नामको पूराण सवैले अध्ययन गरेको हुनु पर्दछ ।

    बिक्रम संम्वत एक व्यक्तीले चलाएको साधारण सम्वत नभएर यो सम्वत देवता ,मानव र प्रकृति संग सम्वन्धित भएकोले यस सम्वतलाई गौण भएर अध्ययन गर्दा बैज्ञानिक पनि भएको हुंदा यसै सम्वतको आधारवाट ग्रह तारा नक्षत्रवाट हाम्रो जन्म मृत्यू र अन्य संस्कारहरु चलि रहेका छन । यो सम्वत विना हामी सवैको जीवन अन्धकारमय हुने सर्वसाधारण जनमानसले समेत जान्नु पर्ने बिषय भएको  र त्यत्तिकै प्रचार प्रसार गर्नु पर्ने विषय पनि रहेको छ । यसको महत्व जान्दा जान्दै पनि बुझ पचाएका विद्धानहरु पनि पैसाको लोभ लालचमा सर्वसाधारणलाई गुमर्राहमा पारी देशको अखण्डतामा आघात पुग्ने किसिमले दुर्गन्ध फैलाउने काम नगरुन भन्ने मेरो बिनम्र अनुरोध छ ।

 अन्त्यमा  राजा विक्रमादित्यको पुतली जडित राज सिंहासनमा राजा बिक्रमादित्य को शेष पछि राजगद्धीमा वसेर शासन चलाउन सक्ने क्षमतावान व्यक्ती हुन सक्ने अवस्थाको नदेखेर र बत्तीस पुतलीहरुले राजा बिक्रमादित्यलाई आज्ञा गर्छन हे ? राजन अव तिम्रो यस राज गद्धीमा बसेर राज्य चलाउने व्यक्ती तिमी जस्तो दैबी शक्ती भएको कोही पनि  नहुने भएकोले तिमिले यो राजगद्धीलाई यही ठूलो खाल्टो खनेर जमीन भित्र  गाडी देउ र प्रचार पनि नगर्नु कसैले थाहा पाएका तिम्रो बंशमा न राम्रो असर पर्नेछ भनेर सोही मुताविक जमीन भित्र गाडन लगाएको ईतिहास पनि छ । धेरै बर्ष पछि उनका बंशज राजा भोजदेवले राजगद्धीको बिषयमा चाल पाएर जमीनवाट राजा बिक्रमादित्यको पुतली जडित राजगद्धीलाई बाहिर निकालेर आफ्नो लागि प्रयो गर्दा पुतलीले बिद्धान भोजराजा संग प्रश्नोत्तर गर्न थाले परीक्षामा राजा  असफल भएको  हुंदा पुनः राजगद्धीलाई गुपचुपका साथ जमीन भित्र गाडन लगाएको भन्ने भनाई पनि रहेको छ ।