Categories
Uncategorized

डडेल्धुरा जिल्लाको अजयमेरुकोट राजदरवार को संछिप्त परिचय

डडेल्धुरा जिल्ला सदर मुकाम टुडिखेल देखी उत्तर -पश्चिम  लगभग ८,१० किलोमिटर तल ओरालो झरे पछि   पूरानो राजदरवार अजयमेरुकोट  पुगिन्छ । यो दरवार आज भन्दा  ९४० बर्ष पहिला  कत्यूरी बंशका ब्रह्मदेव पालका छोरा अजयपाल देवले  शाके १००१  विक्रम संम्वत ११३६ मा निर्माण गरेका  सिलालेखवाट देखिएको छ

डोटी खोलाको ताम्रपत्रको सिलालेख ‘’चन्द्रै व्योम्वारैकै रवि ग्रहण गतैः पुण्यकाले तदानिम् ।
श्वस्ती श्री शास्त्र निष्टैःरविकुल कमलैजैपाल राजाधिराज…अजयमिहिरकोट निर्माण शाके १००१

 यी  पाल राजाहरु आफूलाई राम भगवानका छोरा लवका सन्तान हुं भन्ने  मान्यता राख्ने हुंदा आफ्नो नामको पछाडी देव जोडने  चलन राख्दथे  । यिनै पाल राजाहरुको २१ सौं राजा अजय पालदेवले   अजयमेरुकोट दरवार निर्माण गरी आफ्नो राज्य सत्ता कायम गरेका र अजय नामबाट अजयमेरुकोट नामाकरण गरेको विभिन्न अभिलेखवाट देखिएको छ । अजय पालदेव पछि उनका उत्तराधिकारीहरुले  ३०५ बर्ष सम्म अजयमेरुकोटमा राज्य गर्ने राजाहरु  ।  

  • अजय पालदेव  
  •  बिजय पाल देव ,
  •  बीर पालदेव,
  • बिक्रम पालदेव ,
  • महीपाल देव

       अजयमेरुकोट दरवारमा   निर्माण भएका हाल सम्म भग्नाबसेसमा देखिएका चिनारीहरु  पानीका नाउला , देवल ,सभा भवन , सबै  ठांउमा बनेका  मञ्च , रानीले तल नुहाउन को लागि नदिमा जाने सिणी सहितको  गुफा  आदि जति पनि निर्माण भएका छन  पाल राजाका शासन कालमा  भएको देखिन्छन । वास्तविक ईतिहासका आधारहरु थाहा पाए पछि मात्र जानकारीहरु बाहिर प्रकासमा ल्याउनु सान्दर्भिक र सवैको बिश्वास लाग्दो हुन्छ । महीपाल देवको शासन काल बि.सं. १४४१  मा जुम्लाका राजा अशोक चल्लको  (मल्ल )बंशज नागी मल्लले अजयमेरुकोट दरवार मा आक्रमण गरी आफ्नो शासन चलाएका थिए  । जुम्ला राज्य शक्तीसाली राज्य हो जुम्लामा राज्य गर्ने क्राचल्ल र अशोक चल्ल  शासनकाल देखिका बिभिन्न बिद्धानहरुले लेखेका अभिलेखहरुवाट थाहा पाईएको छ । जुम्ला राज्यको कुल देवता खपरे दैत्य भएको तथ्य पनि लेखवाट थाहा पाउनु सकिन्छ । शक्तिसालि खपरेले मध्य पश्चिम क्षेत्र र सूदुर पश्चिम क्षेत्रका बैदिक देवताहरुलाई आक्रमण गर्न खोजेको किम्वदन्ती ईतिहास पनि थुप्रै सुन्न पाईन्छन । मोहन्याल देवाता ( कार्तिकेय) ले सेती नदी पारि डोटी स्वराड क्षेत्रमा खपरेलाई धपाए पछि खपरेकि आमाले भनेको कुरा फागमा अहिले पनि गाईन्छ । फागमा गाउंदा खपरेलाई अठौति मल्ल भनेर पनि सम्वोधन गरिएको पनि सुन्न पाईन्छ ।

फागको केही अंस

‘’जनजाई अठौति मल्ल डोटी स्वाराड
डोटी स्वराडका देवता बलिया हुनाहान तां जनजाई
तां जालै त तोलाई मारि हाल्या हुन तां जनजाई
म तेरी ईजा हुं मेरो भण्याको माणिहाल तां जनजाई ’’

       भनेर आमाले सम्झाउंदा पनि नमानेर डोटी क्षेत्रमा आएर बैदिक देवता र मानवलाई धेरै दुख दिएको कारण सिगास समैजीको चउरमा सवै देवताले वसेर छलफल गरि खपरेलाई सिगासको धुरामा लगि दमन गरेको सुन्न पाईन्छ । खपरेको अन्त्य पछि जुम्ला राज्य आक्रोसित भई सवै राज्यलाई जिती पूर्वको दुल्लु देखि पश्चिमको भारत बोध गयां सम्म राज्य फैलाएको विभिन्न अभिलेख सिलालेख मा देख्न पाईन्छ । यसै  भित्र अशोक चल्ल क्राचल्लको बंशज नागी मल्लको पनि सन्दर्भ जोडीएको छ ।

  नागी मल्लको अजयमेरु दरवारमा शाके १३०९ बि.सं १४४४ को ताम्रपत्र अनुसार  ( श्री ना ॐ स्वस्ती ।। श्री शाके १३०९ फाल्गुण मासे सोमवासरे दसम्या तिथौ  राईको आदेसम् । चौकीका पेषक अधिकारी ,कार्कि ,वुढथापा र रोकाया ,वादा थापा, सवैप्रति पिपलगावको अधालो वजाल गावको आला सकलि एकत्र पारि पसकि अक्रयाको छु छतिसेखर अकरकरि भास्करे उपाध्या पसाकि अकन्याको छु जो द्धालकरे तसनागमल्लथारो । अत्र साषि सिउ राज विष्ट ,मधु धईत धिक्त  ,चुनुवा ,रावल, केस, भंडारी प्रभु जो । ईति चैत्र कार्कि सुअर वोरो अर्जुन जोईसी लिषितम ।।

       नागी मल्लले अजयमेरु दरवारमा शाके १३०९ बि.सं १४४४ मा आफ्नो शासन कायम गरेपछि राजदरवारमा कुनै नयां निर्माण नगरेको शासन पद्धतिवाट प्रष्ट देखिन्छ  । आफ्ना शासनकालमा  त्यस क्षेत्रका जनता र बैदिक देवताहरुलाई दुःख मात्र दिएको पूराना कथा कहानीहरुवाट सुन्न सकिन्छ कारण थियो आफ्ना कुल देवता खपरेका सन्तान बाह्र भाई मष्टो ,निमाउने , तेडी , कैलाश आदि देवताहरुलाई  मान्न् पर्ने   बाध्यता गराएको देखिन्छ ।    यस क्षेत्रमा रहेका वैदिक देवताहरुका सम्पत्ती लुटन खोज्दा देवताहरुले आफ्नो शक्तीवाट नागी मल्ललाई परास्त गरेको कुरा  पूराना गाईने चैत, धुमारी ,फाग ,ढुस्कावाट थाहा हुन्छ । नागी मल्लले हालको भारत क्षेत्रको कुमाउं गढवाल सम्म आफ्नो क्षेत्र फैलायाको  राजा अशोक चल्ल मल्लको भारतको बोधगयांमा लेखिएको शिलालेखवाट थाहा हुन्छ भन्ने उल्लेख गरिएको प्रमाणवाट थाहा हुन्छ  । रानी मौलालाई गढवाल क्षेत्रवाट हरण गरी  ल्यायाको हुनाले रानी मौलाले आफ्नो शुरक्षा को लागि कुल देवता घटाललाई साथैमा दाईजो स्वरुपमा ल्याएकि थिईन भन्ने कथा कहानीवाट सुन्न सकिन्छ  ।  केटा केटीहरुले अटेरी अथवा गल्ती गरेमा गाउंघरमा एउटा थेगो जस्तै  पूराना बुढा पाकाहरु भन्ने चलन थियो

 “ ततिकि अधिकाईं जन अरै कनिख नागी रे मल्ल रिसान्ना ‘’

भनेर  केटाकेटीलाई तर्साउने चलन थियो आजभोलीका त्यो थेगो हराई सक्यो ।  देही माणौ कि देवी ‘’ उग्रतारा ’’ को देउरो लुटन खोज्दा देवीको शक्ती देखि डराएर   नागी मल्लले पोखरा बजार सम्मको एरिया र   धामी गांउखनमडा गांउको पारि पट्टीको डांडा पूरै   देवीको नाउमी गुठी चडाएको जिलोडा गांउमा गाईने चैतको गाथावाट  सुन्न सकिन्छ    ।

राजा नागी मल्लको कार्यकालमा कसैले पनि  भात खान पाउदैन थिए  । आफूले फलाएको  धान  र गहु   राजाको दरवारमा पुर्याउनु पर्दथ्यो  , कोदो मात्रै खान पाईन्थ्यो  ,  केटी कन्या दरवारवाट अपहरण गरिन्थे   । कन्यालाई  देवतामा देउकी चढाउनु पर्ने  चलन पनि   नागी मल्लको पालामा चलेको अभिलेखवाट देख्न सकिन्छ ।     यस्तो अत्याचार सहन नसकेर राजा नागी मल्लको अत्याचारवाट छुटकारा पाउनको लागि वाध्य भएर जनताहरु देवी देवतामा भागकल गर्दथे  ।   जनतालाई मुक्ती दिलाउनालाई कोला समैजीको गाथवाट एक शिवलिङ्ग छुट्टीएर नदी खोला हुंदै  पानीमा बगेर राजा नागी मल्लको दरवारको डांडाको सामुन्ने तल फेदमा  गहिरो तलाउमा बसेको पूराना किम्वदन्तीवाट सुन्न सकिन्छ । एक दिन हरडी गांउको बोहरा थरको मानिस मछा मार्नको लागि त्यसै तलाउमा आई जाल हालेको हाल्दा  कोला समैजिवाट बगेर आएको शिबलिङ्ग जालमा अल्झिएर आएको देखे पछि बहुतै राम्रो चिल्लो  ढुङ्गा घर जाने बेलामा लैजाउंला भनेर नजिकैको चट्टानको दुलोमा शिबलिङ्ग राखेको  बेलुका घरजाने बेला राखेको ढुङ्गा समाउदा चट्टानमा जाम भएको देखी अचम्म मानेर  घर गएछन र  राती सपनामा बृतान्त  देवताले सुनाएछन  । बिहान उठेर शिबलिङ्ग जामभएको चट्टान अगाडी मैदान वनाउन थालेको र एकै दिनमा दैवी शक्तीको प्रभावले  ठूलै एरियाको मैदान तयार गरेको भन्ने पनि भनाई रहेको पाईन्छ । मन्दीर सानो मन्दीर पनि बनाएको जो अहिलेको अवस्थामा पनि देख्न सकिन्छ । त्यसै व्यक्तीको बंशमा देवता अवतरित हुंदै आएको छ  । देउमडाको धिक्त जातको ब्राम्हणलाई हाट समैजिको पुजा गर्नको लागि हाट क्षेत्रमा बसोबास गराएको हो भन्ने किम्बदन्ती रहेको पाईन्छ  । त्यसको ताजा प्रमाण हाट गांउमा एक परिवार देउमडाको धिक्त जातीको अहिले पनि बसोबास छ  । धिक्तले पुजा गर्नु पर्ने कारण त्यसै परिवारलाई थाहा होला ।

     समैजि देवताको हाटमा विधिपूर्वक स्थापना भए पछि राजा नागी मल्लको दरवारमा  अनेक किसमका उल्कापात हुन लागेको  राती आफ्नो कोठामा सुतेका राजा विहान नदीको छेउमा देखिने  भौतारिएर जता मन लाग्यो उतै जाने  राजाको हालत खराव अवस्थामा हुन लागेको देखेर  ज्योतिषहरुवाट खोजि गराउन लगाईयो । एक जना  बिश्वाशिलो तान्त्रीक पन्त ब्राम्हणले  दरवार नजिक स्थापना गरिएको नयां समैजि देवताको कारणले यस्तो भएको भनि पत्ता लगाएको र राजालाई आफ्नो तान्त्रिक शक्तिबाट समैजि देवतालाई निस्कृय बनाई दिन्छु भनि बिश्वास  दिएर समैजी देवतामा आफ्नो तन्त्र बिद्या प्रयो गर्ने  रहेछन  ।  त्यस पछि नागी मल्ल राजाले समैजि देवताका धामीलाई दरवार क्षेत्रका पछाडी पट्टी अग्लो भीरमा कालगेडा ( रिठ्ठाका दानाको भित्री दाना ) पिर्कामुनी राखि पिर्का माथि धामीलाई कमाउने र धामीलाई भीरवाट खसेर मर्छ भन्ने उद्देश्य ले यस्तो कार्य गर्न थालियो यस क्रममा धेरै धामीहरु मारिन थाले पछि समैजी देवताको धामीमा साक्षात देवता प्रकट भएर रिठ्ठाका दाना सहित पिर्का जाम गरि राजा नागी मल्ललाई दिन तोकेर दरावार छाडी जा नत्र तेरो नोक्सान हुने भाग दिए पछि नागी मल्ल अजयमेरु कोटवाट पलायन हुने बेला समैजी देवता संग क्षमा माग्दै धेरै सम्पत्ती समैंजि देवतामा चढाएको भन्ने किम्वदन्ती सुनिन्छ ।तान्त्रिक पन्त ब्राम्हणलाई समैजि देवताले मेरो फूल प्रसाद र मेरो दर्शन गर्न तेरो बंशले नआउनु भनेर सरापेको किम्वदन्ती पनि सुनिन्छ तर कुन पन्त जाती हुन  अजयमेरु क्षेत्र आसपासमा  बसोबास गर्ने पन्त जातीमा  पूरानो अर्ती  भएको हुनु पर्दछ ।  

राजा नागी मल्लको  अजयमेरु दरवारवाट पलायन हुने अवस्था सम्म कुनै संन्तान नरहेको भन्ने भनाई पनि रहेको थियो । नागी मल्ल पलायन हुंदा दलबल सहित अछाम जिल्लाको तिमेल्सेना भन्ने गांउमा  केही दिन बास बसेका थिए त्यसै समयमा एउटी  बिधवा बामनी संग नागी मल्ल सल्केका र बामनी गर्भवती भएकि रहिछ । आफ्ना मुख्तीयारलाई राजाले भनेछन यस बामनीबाट छोरो जन्मे डोटी क्षेत्रको राजा बनाई दिनु भनेर आफू त्यहावाट जुम्लातिर गएको कुरा लेखमा पाईएको छ ।   बामनीवाट छोरो जन्मीएको र नागी मल्लका बिश्वास पात्रहरुले अजयमेरुकोट दरवारमा समैजी देवताको डरले डोटी जिल्लाको गडसेरा क्षेत्रमा नयां राजदवार निर्माण गरी बामनीवाट जन्मेको संन्तानलाई राजा बनाएको कुरा पनि लेखमा पाईन्छ । पछि तिनै राजाका सन्तानहरु मल्लवाट शाह भएका हुन भन्ने भनाई रहेको छ । डोटी गडसेराका साही ठकुरी  र डडेल्धुरा चोरेलाका गांउमा बसोबास गर्ने साही ठकुरीहरु  हामी नागी मल्लका सन्तान हौं भन्ने गर्दछन  ।

    बिभिन्न ताम्र पत्रहरुका अभिलेखहरुवाट सूंदुर पश्चिम क्षेत्रमा २ किसिमका मल्ल थरहरुले बिभिन्न ठांउमा राज्य गरेको देखिन्छ ।  । यसवाट  मल्लराजाहरु  अलग अलग रहेछन भन्ने कुरा तिनीहरुका कूल देवताका आधारवाट तल उल्लेखित सन्दर्भ सामग्रीहरु अध्ययन गर्दा प्रष्ट हुन्छ ।

खस मल्लः- जुम्लीराजका कुल देवता मान्ने
आर्य मल्लः- बैदिक देवतालाई कुल देवता मान्ने

सन्दर्भ सामग्रीः-

राजराम सुवेदीबाट उधृत  बझाङ् जिल्लाका बाह्र अभिलेखहरु कन्ट्रीब्यूसन टू नेप्लीज स्टडीज भोलम।
– कुमाउ गडवालका ब्राम्हण बद्रिदत्त पाण्डेको  ईतिहास ।
– डोटी वोगटानका राज्यका राजा / रजवार ठकुरी बंशावली २०७०